ताजा अपडेटः

महाकवि देवकोटाद्वारा  मुलपानी सामुदायिक बन उपभोक्ता समितिलाई सम्मान

महाकवि देवकोटाद्वारा  मुलपानी सामुदायिक बन उपभोक्ता समितिलाई सम्मान प्रकाशित मिति: १९ असार २०८१, मंगलवार १९:१०

कल्पना खरेल, नवलपरासी । महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय सुनवल-४,पश्चिम नवलपरासीद्वारा आज मंगलबार मुलपानी सामुदायिक बन उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेकाे छ ।
मुलपानी सामुदायिक बनले आफ्नाे सामाजिक उत्तरदायित्व  अन्तर्गत विद्यार्थीलाई रू. १० लाख १ हजार बराबरकाे  शुद्व पिउने पानीकाे आराेप्लान्ट शाैजन्य गरेकाेमा विद्यालयले साे धन्यवाद कार्यक्रम आयाेजना गरेकाे हाे ।
साेहि कार्यक्रममा बाेल्दै मुलपानी सामुदायिक बनका अध्यक्ष यज्ञप्रसाद पाण्डेले बाच्नकाे लागि सबै भन्दा पहिले अक्सिजन र त्यसपछि शुद्व खानेपानीकाे आवश्यक पन्ने भएकाेले साे विषयमा सहयाेग गर्न पाउँदा खुसी लागेकाे विचार व्यक्त गर्नुभयाे ।
जिल्लामा २ सय सामुदायिक बन रहेकाेमा सामुदायिक बनकै इतिहासमा मुलपानी सामुदायिक बनले यस्ताे पहिलाे काम गरेकाे भन्दै  स्थानीय संघसंस्थासगँ मुलपानी सामुदायिक बन सदैब रहने पाण्डेकाे भनाई छ ।
उहाँका अनुसार मुलपानी सामुदायिक बनकाे मुख्य उदेश्य भनेकाे जहाँ दुख्याे त्यहाँ मुलपानी पुग्याे, समृद्धि सगँ मुलपानी सामुदायिक बन,पर्यटक सगँ सामुदायिक बन, पर्यावरण संरक्षणमा सामुदायिक बन, बन पैदावर आपूर्तिमा सहज र सहज सामुदायिक बन रहेकाे उल्लेख गर्नुभयाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालकाे अध्यक्षता, विद्यालयका प्रधानध्यापक खेमराज शर्माकाे संचालन र विद्यालय व्यवस्थापन समितिका सदस्य रामु पराजुलीकाे स्वागत रहेकाे कार्यक्रममा मुलपानी सामुदायिक बनका उपाध्यक्ष प्रभुलाल माैर्य, सचिव समीक्षा सिंजापती, काेषाध्यक्ष अवधेश यादव, सदस्यहरू तारा बहादुर बराल, विनाेद पाेेैडेल, राम प्रसाद ढकाल, मदन थापा, सल्लाहकारहरू शालिकराम सापकोटा, खेमलाल पाैडेल र कुन्ता तिवारीलाई सम्मान गरिएकाे थियाे ।



Ads