ताजा अपडेटः

अवैध रुपमा संचालित मेनपावरलाई सिल

अवैध रुपमा संचालित मेनपावरलाई सिल प्रकाशित मिति: १९ असार २०८१, मंगलवार १६:३६

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम ५ बाईपास स्थित अवैध संचालनमा रहेकाे जेडी मेनपावर सर्भिसेज नामक मेनपावरलाई  सिल गरिएकाे छ  ।
विशेष  सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालबाट खटिएको  प्रहरी टोलीले सोधपुछ गर्दा मेनपावर दर्ता समेत नभएको, अनुसन्धानको क्रममा करिब ५ दिन अगाडी देखि उक्त कार्यालय संचालनमा आएकाे खुल्न आएकाे छ ।
तत्पश्चात मेनपावर संचालक भारत, महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर गाँउ असल्फा वस्ने वर्ष २४ को र्निसग रविंन्द्र राणे र भारत  महाराष्ट्र जिल्ला मुम्बई पोष्ट मुम्बई जि.पी.ओ. कोलाव वस्ने वर्ष ३७ को जावेद मसिहलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
उनिहरूबाट  मोबाईल २ थान, ल्यापटप १ थान, भारतिय आधार कार्ड, भारतिय बैंकको चेकबुक र डेविड कार्ड समेत प्रहरीले बरामद गरेकाे छ ।
श्रम तथा रोजगार कार्यालय बुटवल संगको समन्वयमा आज उक्त कार्यालयको बोर्ड हटाई सिल गर्नुका साथै बरामद सामान तथा निज व्यक्तिहरुलाई आवश्यक कारवाहिका लागी श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीलाई बुझाइएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी  रेशम बोहराले जानकारी दिनुभयाे ।
अनुसन्धानका क्रममा हालसम्म कोहि कसैको उजुरी वा गुनासो प्राप्त हुन नआएको हुदा सो सम्वन्धि कुनै उजुरी वा गुनासो भएमा यस कार्यालय वा श्रम तथा रोजगार कार्यालय वुटवलमा सम्पर्क गर्न सकिने समेत बाेहराले जानकारी दिनुभयाे ।



Ads