ताजा अपडेटः

कपिलवस्तुमा चट्याङ लागेर दुईको मृत्यु

कपिलवस्तुमा चट्याङ लागेर दुईको मृत्यु प्रकाशित मिति: १३ असार २०८१, बुधबार १२:२९

कपिलवस्तु, १२ असार । बुधबार बिहान चटयाङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभुमी नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चटयाङ्ग लागेर मृत्यु भएको हो ।
दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ्ग लागेर घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभएकाे छ ।



Ads