ताजा अपडेटः

सुस्ताले करिब ६५ करोडकाे बजेट सार्वजनिक

सुस्ताले करिब ६५ करोडकाे बजेट सार्वजनिक प्रकाशित मिति: १२ असार २०८१, मंगलवार ०६:२३


सुस्ता,नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले   आर्थिक बर्ष २०८१/०८२ को लागि कुल ६५ करोड अनुमानित  बजेट सार्वजनिक गरेकाे छ।
सोमबार आयाेजित १५ औं गाउँसभाले पालिकाको आगामी आर्थिक बर्षका लागि कुल रू.६४ करोड ६९ लाख ६३ हजार ५ सय अनुमानित  बजेट प्रस्तुत गरेकाे हाे ।
प्रस्तुत गरिएकाे कुल बिनियोजन बजेट मध्ये चालू खर्च तर्फ रू. ३५ करोड २५ लाख ९५ हजार १ सय ८ रुपैया र पुजिगत तर्फ रु २९ करोड ४३ लाख ६८ हजार ३ सय ९३ रुपैया रहेकाे छ ।
जसमा संघीय समानिकरणबाट रू. ६ करोड ३७ लाख, संघीय शसर्तबाट रू. १६ करोड ३ लाख ८६ हजार, संघीय शिर्षक र समपुरकबाट रू. १ करोड ९६ लाख रहेको छ ।
त्यस्तै प्रदेश समानिकरणबाट रू. ६३ लाख ५५ हजार, प्रदेश शसर्तबाट रू. ४० लाख ५० हजार र प्रदेश समपुरकबाट रू.५० लाख बजेट रहेको छ । त्यसैगरी आन्तरिक स्रोतबाट रू. २ करोड ८९ लाख र राजश्व बाँडफाँडबाट रू. १० करोड ३१ लाखको बजेट रहेकाे छ ।
अनुमानित बजेटको क्षेत्रगत अन्तर्गत सुस्ता गाउँपालिकाले आर्थिक बिकास तर्फ,कृषिमा रु. १ करोड २८ लाख ,पशु सेवामा रू.७५ लाख,सहकारी क्षेत्रमा रू. ३० लाख,पुर्वाधार बिकास तर्फ रु. १६ करोड ६९ लाख,सामाजिक बिकास तर्फ,स्वास्थ्यमा रु. १ करोड ३५ लाख ६० हजार,शिक्षामा रू. ४ करोड ५४ लाख ७८ हजार ५ सय, लैङ्गिक समानता तथा समाजिक विकास तर्फ रु. १ करोड ३८ लाख ६० हजार,खेलकुद तथा मनोरञ्जन तर्फ रु. १५ लाख,वातावरण तथा बिपद व्यवस्थापन तर्फ रु. ४७ लाख र संस्थागत विकास,सेवा प्रवाह र सुशासन तर्फ रु. २० करोड ३९ लाख ५ हजार रकम वर्गीकरण गरेकाे छ ।
त्यसैगरी गाउँ सभाले शिक्षालाई पहिलो प्राथमिकता राख्दै रु. ४ करोड ५४ लाख ७८ हजार ५ सय रकम बिनियोजन गर्दै‘थौरे विद्यालय राम्रा विद्यालय कार्यक्रम, ‘सुस्तालाई चिनौ र चिनाउ’ अन्तर्गत कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रमलाई सम्पूर्ण विद्यालयमा कार्यान्वयन गर्ने, ‘विद्यालय बढाऔ, विद्यालयमामै पढाऔं’ कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
आर्थिक बिकास तर्फ,कृषिमा रु. १ करोड २८ लाखा,पशु सेवामा रू.७५ लाख,सहकारी क्षेत्रमा रू. ३० लाख,पुर्वाधार बिकास तर्फ रु. १६ करोड ६९ लाख,सामाजिक बिकास तर्फ,स्वास्थ्यमा रु. १ करोड ३५ लाख ६० हजार,शिक्षामा रू.४ करोड ५४ लाख ७८ हजार ५ सय,लैङ्गिक समानता तथा समाजिक विकास तर्फ रु. १ करोड ३८ लाख ६० हजार,खेलकुद तथा मनोरञ्जन तर्फ रु. १५ लाख,वातावरण तथा बिपद व्यवस्थापन तर्फ रु. ४७ लाख र संस्थागत विकास,सेवा प्रवाह र सुशासन तर्फ रु.२० करोड ३९ लाख ५ हजार रकम क्षेत्रगत वर्गीकरण गरिएको छ ।