ताजा अपडेटः

गाेहीकाे आक्रमणबाट एक वृद्धकाे मृत्युु

गाेहीकाे आक्रमणबाट एक वृद्धकाे मृत्युु प्रकाशित मिति: ११ असार २०८१, सोमबार २१:२५

नवलपुर, १० असार । पुर्वी नवलपरासीको नवलपुर मध्यबिन्दु नगरपालिका स्थित नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।
मध्यबिन्दु नगरपालिका–२ सेहरी गाउँस्थित नारायणी नदी किनारमा बिहान नुहाउन जाँदा ७२ वर्षीय मिनबहादुर थारुलाई गोहीले आक्रमणबाट  मृत्युु भएकाे हाे । मृतकको दुवै खुट्टाको घुडा मुनिको मासुको भाग गोहीले खाएको अवस्थामा फेला परेको र पोष्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व)मा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभएकाे छ ।
उक्त गोहीलाई चितवन राँष्ट्रिय निकुञ्ज चितवनबाट खटी आएका निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, र स्थानीयको सहयोगमा नियन्त्रणमा लिई व्यवस्थापनको लागि चितवन राष्ट्रिय निकुञ्ज तर्फ लगिएको छ ।



Ads