ताजा अपडेटः

सरावल गाँउपालिकाद्धारा रू.५३ करोड बढिको बजेट सार्वजनिक

सरावल गाँउपालिकाद्धारा रू.५३ करोड बढिको बजेट सार्वजनिक प्रकाशित मिति: ११ असार २०८१, सोमबार १८:५१


कल्पना खरेल,नवलपरासी  । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रू. ५३ करोड बढिको बजेट सार्वजनिक गरेको छ ।
आज साेमबार गाउँपालिकाको १४ औं गाउँ सभामा  वर्ष २०८१\०८२ काे कुल रू. ५३ करोड ४८ लाख ७१ हजार बराबरको अनुमानित आय व्ययको विवरण प्रस्तुत गरिएकाे हाे ।
जस अन्तर्गत चालु खर्च तर्फ रू.३१ करोड ९३ लाख र पुँजीगत तर्फ रू. २१ करोड ५५ लाख विनियोजन गरिएको छ । संघीय सरकारको समानीकरण, सशर्त अनुदान, पुजीगत, समपुरक अनुदान गरी कुल रू.३३ करोड ९३ लाख रहेकाे छ ।
त्यस्तै प्रदेश समानीकरण, सशर्त अनुदान पुजीगत, विशेष अनुदान गरि कुल रू.२ करोड ५० लाख रहेकाे छ ।
आगामि आर्थिक वर्षमा सरावल गाउँपालिकामा आर्थिक क्षेत्रमा रू. ३ करोड ४४ लाख, सामजिक विकास तर्फ रू.२२ करोड ९४ लाख, विकास र पुर्वधार तर्फ रू. १४ करोड २९ लाख, वनवातावरण तथा विपद व्यवस्थापन तर्फ रू.१ करोड ५५ लाख र कार्य संचालन र प्रशासनिक क्षेत्रमा रू.१२ करोड ६० लाख ७१ हजार बजेट विनियोजन गरिएको  छ ।
बजेटले सरावल गाँउपालिकाले दुग्ध किसानलाई आत्मनिर्भर बनाउन प्रति लिटर ५० रुपैयाँ अनुदान दिने, पशु बिमाको निरन्तरता, एक वडा एक पकेट क्षेत्र कार्यक्रम, लघु उद्यमबाट रोजगारी सृजना लगायतका विषय समेटेको छ ।
त्यस्तै गाँउपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण,महिला स्वास्थ्य स्वयम सेविकालाई प्रति महिना २ हजारका दरले प्रोत्साहन भत्ता  विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रलाई प्राथमिकता दिएर निति तथा कार्यक्रम ल्याएको छ ।



Ads