ताजा अपडेटः

सुनवलले आगामी आर्थिक बर्षका लागी ल्यायो १ अरब बढिकाे बजेट

सुनवलले आगामी आर्थिक बर्षका लागी ल्यायो १ अरब बढिकाे बजेट प्रकाशित मिति: ९ असार २०८१, शनिबार १८:५१

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक बर्षका लागि करिब १ अरब २७ करोड ३८ लाख ७ हजार ६ सयकाे बजेट ल्याएको छ ।
आज सनिवार नगरपालिकाले १५ ओै नगरसभामा आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उक्त  रकमकाे बजेट ल्याएको हो ।
चालु खर्चतर्फ ७४ करोड ७३ लाख ९८  हजार  ६ सय र पूंजीगत तर्फ ५२ करोड ६४ लाख ९ हजार रकम अनुमानित गरिएको छ । जस मध्ये संघीय सरकारबाट बित्तीय समानिकरण अनुदान रु ४४ करोड ४७ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान रू ३ कराेड २२ लाख ३३ हजार रहेकाे छ ।
राजश्व बाडफाडबाट  रु २८ करोड ८ लाख ३३ हजार , सामाजिक सुरक्षा कार्यक्रमबाट अनुदान २८ करोड बाह्य श्राेतबाट  १ अरब ३ कराेड ७७ लाख ६६ हजार ,आन्तरिक श्राेतबाट रु २० कराेड २१ लाख रहेकाे छ ।
त्यसैगरी गत बर्षकाे नगद माैज्दात रू.३ कराेड ३९ लाख ४१ हजार ६ सय र आन्तरिक श्राेतबाट रू.२३ कराेड ६० लाख ४१ हजार ६ सय रहेकाे छ ।
सुनवल नगरपालिकाले ल्याएको बजेटमा सामाजिक विकास तर्फ रू.६८ कराेड ४५ लाख ६५ हजार ४ सय २५,आर्थिक बिकास तर्फ रू. ४ करोड ४२ लाख ९८ हजार ६ सय ३३, पुर्वाधार बिकास तर्फ रू.२६ करोड ५ लाख ३५ हजार ८ सय ३८,वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रू.२ कराेड २० लाख ९ हजार १ सय ४, सुशासन तथा संस्थागत विकासतर्फ रू.२६ कराेड २३ लाख ९८ हजार ६ सय गरी क्षेत्रगत रूपमा वर्गीकरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
जनचाहना अनुरूप समावेशी,समानुपातिक र जनसहभागितामूलक कार्यक्रम संचालन गरि समृद्ध नगर,सुखी नगरबासीकाे संकल्प पूरा गर्ने लक्ष्य सहित सामाजिक विकासतर्फ स्वास्थ , शिक्षा,भाषा कला तथा साहित्य खानेपानी तथा सरसफाइ, महिला,बालबालिका तथा सामाजिक समावेशीकरण ,युवा,खेलकुद तथा नवप्रवर्तन ,सामाजिक सुरक्षा तथा पंजिकरणलाई प्राथमिकतामा राखेकाे छ ।
त्यस्तै पूर्वाधार विकासतर्फ सडक,पुल तथा यातायात ,जलश्राेत,उर्जा तथा स्वच्छ उर्जा, सूचना तथा संचार प्रविधि ,सुशासन तथा संस्थागत विकासतर्फ निति,कानुन,न्याय तथा सुशासन ,संगठन तथा क्षमता विकाश आदि , आर्थिक विकासतर्फ कृषि विकास ,पशुपंक्षि विकास , सिंचाइ ,उद्योग,व्यापार तथा व्यवसाय,पर्यटन तथा संकृति आदिलाई प्राथमिकतामा राखेर निति कार्यक्रम ल्याइएको सुनवल नगरप्रमुख विमला अर्यालले जानकारी दिनुभयो ।



Ads