ताजा अपडेटः

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत पत्रकार सगँ अन्तरक्रिया कार्यक्रम

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत पत्रकार सगँ अन्तरक्रिया कार्यक्रम प्रकाशित मिति: ८ असार २०८१, शुक्रबार २३:२४

कल्पना खरेल,नवलपरासी । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारका सवालमा
पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
रामग्राम नगरपालिका परासी, नवलपरासी (ब.सु.प.) काे आयाेजना तथा रामग्राम उपप्रमुख सम्झना चाैधरीकाे अध्यक्षतामा उक्त कार्यक्रम आज शुक्रबार सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सामीले जिल्ला भित्र ५ क्षेत्रमा गरेकाे कामहरू सूचनामा पहुँच, न्यायमा पहुँच,सीप तालिम ( निशुल्क ) वित्तीय साक्षरता कक्षा तथा मनाेसामाजिक परामर्श सेवाका विषयमा पत्रकारलाई जानकारी गराइएकाे थियाे ।
“स्वदेशमा नै राेजगारी गराै, वैदेशिक राेजगारीमा जाने नै भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाओै” भन्ने उदेश्यले सामीले वैदेशिक यात्रा गर्दा श्रम स्वीकृति लिएर जानुपर्ने, नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ संस्थाबाट स्वास्थ परिक्षण गर्नुपर्ने, नेपालकै विमानस्थल प्रयाेग गर्नुपर्ने लगाएतका विषयमा सचेत गराउदै आएकाे छ ।
देशभर हालसम्म श्रम स्वीकृत लिएर वैदेशिक राेजगारमा जानेकाे संख्या ७६ लाख रहेकाे र पूर्वि र पश्चिम नवलपरासी गरि १५ लाख ७ सय ९४ जना श्रम स्वीकृत लिएर वैदेशिक राेजगारमा गएका छन् ।
नवलपरासी जिल्लाकाे ७ पालिका मध्ये रामग्राम,सुनवल,बर्दघाट र प्रतापपुरमा सामी कार्यक्रम संचालनमा रहेकाे छ । जस अन्गर्तगत २०७७/०७८ र २०८०/८१ सम्म वित्तीय साक्षरता कक्षामा १६३१ सहभागी  भएकाे मनाेसामाजिक परामर्श सेवा पहिचान गरिएकाे समस्या ४०५, समाधान भएका ३६४, प्रक्रियामा रहेकाे २८ र सेवा पूरा नभएकाे १४ रहेकाे छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । भने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्व्यन भईरहेको छ।
कार्यक्रमलाई स्वीस सरकार विकास सह‌योगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराईरहेको छ।
कार्यक्रमकाे सहजीकरण सामीकाे कार्यक्रम संयाेजक ज्ञानेश्वर भण्डारीले गर्नुभएकाे थियाे ।



Ads