ताजा अपडेटः

प्रतापपुरले आगामी आर्थिक बर्षका लागी ल्यायो ७२ करोडको बजेट

प्रतापपुरले आगामी आर्थिक बर्षका लागी ल्यायो ७२ करोडको बजेट प्रकाशित मिति: ७ असार २०८१, बिहीबार ०९:०८

प्रकाश न्याेैपाने
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि करिब ७२ करोड बजेट ल्याएको छ ।
बुधबार गाउँपालिकाले १६ औं गाउँसभा आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै ७१ करोड ७९ लाख ३४ हजार रकम बजेट ल्याएको हो । चालु तर्फ ४७ करोड ४७ लाख १० हजार र पुजिगत तर्फ २४ करोड ३२ लाख २४ हजार रकम अनुमानित गरिएको छ ।
जस मध्ये संघीय सरकारबाट बित्तीय समानिकरण अनुदान रु १३ करोड ३८ लाख, शसर्त अनुदान चालु रु २४ करोड ५२ लाख ३४ हजार,शसर्त अनुदान पुजिगत रु ३ करोड ४८ लाख,बिशेष अनुदान १ करोड र समपुरक अनुदान १ करोड ५० लाख रहेको छ त्यस्तै प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान रु ९४ लाख २९ हजार र समपुरक अनुदान रु ७० लाख आम्दानी प्राप्त रहेकोे छ ।
त्यसैगरी राजस्व बाडफाडबाट प्राप्त हुने आमदानी संघीय सरकार बाट ११ करोड ३ लाख,प्रदेश सरकारबाट रु ५३ लाख ९५ हजार र स्थानीय सरकारबाट ५० लाख रहेकोे छ । प्रतापपुर गाउँपालिकाले ल्याएको बजेटमा आर्थिक बिकास तर्फ १० करोड ४५ लाख ३ हजार, सामाजिक बिकास तर्फ २९ करोड १२ लाख १३ हजार,पुर्वाधार बिकास तर्फ १९ करोड १८ लाख ५६ हजार, सुशासन तथा अन्तरसम्बन्धित तर्फ १ करोड ४४ लाख ६२ हजार र कार्यालय व्यवस्थापन र प्रशासनिक खर्च तर्फ ११ करोड ५९ लाख क्षेत्रगत रूपमा वर्गीकरण गरिएको पालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पशु ,पुर्वाधार बिकास,युवा तथा खेलकुद,लैङ्गिक समावेशी तथा सामाजिकरण,पर्यटन बिकास,समाजिक बिकास र पालिकालाई सुशासन तथा जनउत्तरदायि जस्ता निति तथा कार्यक्रमलाई प्राथमिकता राखेर निति कार्यक्रम ल्याइएको गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले जानकारी दिनु भयो ।
१६ औं गाउँ सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)ले प्रतापपुर गाउँपालिकाको निति अनुसार कार्यक्रम र कार्यक्रम अनुसार बजेट ल्याएको उल्लेख गर्नु भयो । “निति कार्यक्रम राम्रो छ । कार्यान्वयन गर्नका लागि सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारी लाग्नुपर्छ ।” यादवले भन्नु भयो ।



Ads