ताजा अपडेटः

विद्यालय सुधारका लागी सुस्तामा शिक्षकलाई मासिक तलब दिने

विद्यालय सुधारका लागी सुस्तामा शिक्षकलाई मासिक तलब दिने प्रकाशित मिति: ५ असार २०८१, मंगलवार २२:०४

प्रकाश न्याैपाने

असार ५ ,नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा शिक्षकले मासिक रुपमा तलब (पारिश्रमिक) पाउने भएका छन्  । सुस्ता गाउँपालिकाको १५ औं गाउँ सभा बोल्दै अध्यक्ष टेकनारायण उपाध्यायले शिक्षक लाई मासिक रुपमा तलब दिने नीति ल्याइएको बताउनुभयो ।
प्रत्येक चौमासिकमा तलब खादै आएका शिक्षकले अगामी साउन देखी मासिक रुपमा तलब खाने गरि गाउँपालिकाले निति ल्याउदा शिक्षकहरु खुशी भएका छन् ।  सुस्ता गाउँपालिकाको शैक्षिक गुणस्तरको सुधारका लागी मासिक तलब खाने नीति ल्याइएको उपाध्यायले बताउनु भयो । “अहिलेको नीति तथा कार्यक्रममा हामीले शिक्षालाई विशेष प्राथमिकता दिएका छौँ । मासिक तलब पाउँदा शिक्षकहरु खुसी हुनुहुन्छ । उहाँहरुको खुसीले नतिजा राम्रो आउने अपेक्षा गरेका छौँ ।” उपाध्यायले भन्नुभयो ।
सुस्ता गाउँलालिकाले विद्यालय सुधार गर्ने भन्दै ” विद्यालयमै बढाऔ, विद्यालयमै पढाऔ” माया छ उस्तै आमाको विद्यालय घर जस्तै मामाको” जस्ता अभियानहरु सन्चालन गरिने नीति ल्याएको छ ।
आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई उत्प्रेरित गर्ने मासिक तलबको ब्यवस्थापन गर्न लागिएको सुस्ताका प्रमुख प्रशासकीय अधिकृत हुमनाथ भुसालले बताउनु भयो ।
शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईंले शिक्षकहरुको महत्त्वपूर्ण माग सुस्ता गाउपालिकाले सम्बोधन गरेको उल्लेख गर्नु भयो । ” नेपाल शिक्षक संघ नवलपरासीले शिक्षकले मासिक रुपमा तलब (पारिश्रमिक) पाउनु पर्ने माग राखेका थियौं । जुन सम्बोधन भएको छ , राम्रो  नीति आएको छ,  कार्यान्वयन होस् ।” संघका अध्यक्ष चापागाईंले भन्नु भयो । सुस्ता गाउपालिकाले जस्तै नवलपरासीका अन्य पालिकाले पनि मासिक रुपमा तलब खाने ब्यवस्था मिलाउनु पर्ने चापागाईंको भनाइ छ ।
शिक्षक संघका जिल्ला सह-सचिब एब राष्ट्रिय मा.बि. छिवनीका प्राध्यानाध्यापक अर्जुन पाण्डेले शिक्षकले मासिक रुपमा तलब खाने गरि निति तथा कार्यक्रम आएकोमा शिक्षकको महत्त्वपूर्ण माग पूरा भएको बताउनु भयो । ” मासिक तलब खान पाउने शिक्षकको पेसागत माग थियो । जुन पूरा भएको छ, सुस्ता पालिकालाई धन्यवाद छ ।” पाण्डेले भन्नुभयो ।
शिक्षक महासंघ सुस्ताका अध्यक्ष सन्तोष यादबले नवलपरासीमा अन्य पालिका भन्दा पहिलो सुस्ताले शिक्षकलाई मासिक तलब दिने नीति ल्याएकोमा खुसी व्यक्त गर्नु भयो । ” मासिक तलब पाउदा शिक्षकहरुमा कार्य प्रती उप्रेरणा बढ्छ ।” यादवले भन्नुभयो ।



Ads