ताजा अपडेटः

विशासय सामुदायिक वनकाे १७ ओै वार्षिक साधारणसभा सम्पन्न

विशासय सामुदायिक वनकाे १७ ओै वार्षिक साधारणसभा सम्पन्न प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार २२:०१

कल्पना खरेल
जेठ २६,नवलपरासी  । विशासय सामुदायिक वन उपभोक्ता समुह सुनवल ६ विशासयको १७ औ वार्षिक साधारण सभा आज सनिवार सम्पन्न भएको छ ।
वार्षिक साधारणसभा  संस्थाका अध्यक्ष गंगाप्रसाद घिमिरेको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका वन अधिकृत महेन्द्रराज वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथी वाग्लेले सामुदायिक  वन सरंक्षणमा धेरै चुनाैती थपिएकोले सामुहिक प्रयासले मात्र वन सरंक्षण सम्भव रहेकाे धारणा राख्नुभयाे ।
उहाँले बन डडेलाे अहिलेकाे मुख्य समस्या रहेकाे भन्दै सबेैले आ-आफ्नाे क्षेत्रबाट दायित्व र जिम्मेवारी निर्भाह गर्न आग्रह गर्नुभयाे । अधिकृत वाग्लेले त्यसका लागि ठाउँठाउँमा डडेलाे नियन्त्रणका सुचनामुलक हाेडिङ वाेर्डहरू राख्नुपर्ने सुझाव दिनुभयाे ।
सामुदायिक वनहरू रूख कटानमा मात्र ध्यान नदिइ वनलाई आयआर्जनमा  जाेड्न विभिन्न किसिमका फलफुल, अम्रिसाे खेती, बेलजुस उत्पादनलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
साधारण सभामा कार्य समितिको प्रतिवेदन तथा कार्य प्रगति विवरण संस्थाका अध्यक्ष गंगा प्रसाद घिमिरेले प्रस्तुत गर्नुभएकाे थियाे भने सह-कोषाध्यक्ष रविलाल गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्देै आर्थिक वर्ष २०८०/०८१ मा रू ४२ लाख भन्दा बढि कुल आम्दानी भएकाे जानकारी दिनुभयाे ।
विशासय सामुदायिक वन उपभोक्ता समुहका सचिव मनरूपा पाठककाे संचालन र  उपाध्यक्ष खगेश्वर भुसालको स्वागत रहेकाे कार्यक्रममा सामुदायिक वन जिल्ला महासंघकाे अध्यक्ष शारदा पोखरेल , सुनवल वडा नं ६ का वडाअध्यक्ष हिमलाल शर्मा चापागाई, वडा नं. १ का वडाध्यक्ष मन बहादुर थापा, सुनवल नगरपालिका कार्यपालिका सदस्य सिता तिमिल्सिना ,सामुदायिक वन नगर महासंघ अध्यक्ष कर्णबहादुर शेन, मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डे , संस्थाका संस्थापक अध्यक्ष रुद्रनाथ लामिछाने, जनकल्याण सहकारी संस्थाका अध्यक्ष दयाराम भण्डारी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
६१४.२९ हेक्टर क्षेत्रफल रहेको वनमा हाल १ हजार ४ सय ५४ कुल घरधुरी रहेका छन् ।



Ads