ताजा अपडेटः

समाचार लेखन शैलि वृद्धि गर्ने लक्ष्य सहित संचालित  पत्रकारीता तालिम सम्पन्न

समाचार लेखन शैलि वृद्धि गर्ने लक्ष्य सहित संचालित  पत्रकारीता तालिम सम्पन्न प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार १५:१३

कल्पना खरेल

जेठ २६, नवलपरासी ।  नवलपरासी महिला प्रेस क्लबका सदस्यहरूलाई आवश्यक ३ दिने आधारभूत पत्रकारिता तालिम  शुक्रबार सम्पन्न भएको छ ।
सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा नवलपरासी महिला प्रेस क्लबको आयोजनामा उक्त तालिम समाचार लेखन शैलि वृद्धि गर्ने लक्ष्य सहित आयाेजना गरिएकाे थियाे ।
तालिमले जिल्ला भित्र महिला संचारकर्मि र महिला पत्रकारकाे स्थायित्व,विकाश र सुदृढीकरणक गरि थप महिला पत्रकार जन्माउन सक्ने संस्थाका अध्यक्ष कल्पना खरेलले बताउनुभयाे ।
त्यसैगरी उहाँले समाजमा व्याप्त बेथिति विसंगति र भष्ट्रचारका विरूद्व खबरदारी र स्थानीय विकाशमा हाम्रो साझेदारी भन्ने नारा सहित जन्मेकाे यस संस्थाले मुल लक्ष्य निर्धारण गरि अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयाे ।
साेहि क्रममा बाेल्दै वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मन बहादुर थापाले महिला पत्रकारकाे याे सक्रियताले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू आशावादी रहेकाे धारणा राख्नुभयाे ।
अध्यक्ष थापाले जिल्ला भित्रका सातै पालिकामा भएका घटना र गतिविधिलाई  महिला पत्रकारकै माध्यमबाट अगाडि ल्याउन  महिला प्रेस क्लबलाई आग्रह गर्नुभयाे ।

उता संस्थाका सल्लाहकार डाेलराज भण्डारीले महिला प्रेस क्लब शुसासन सहित फरक ढंगले समाजमा आफ्नाे ब्राण्ड स्थापित गर्न   कार्ययोजना सहित अगाडि बढ्न आवश्यक रहेकाे धारणा राख्नुभयाे ।
साथै, पेसाप्रति इमान्दार भइ निडरताका साथ समाचार सम्प्रेषण गर्न आग्रह गर्दै टठस्थ भएर समाजकाे ऐना बन्न समेत सुझाब दिनुभयाे ।
संस्थाकाे सचिव डाेल्मा चाैधरीकाे संचालन रहेकाे समापन कार्यक्रममा प्रशिक्षण द्वय पत्रकार बेचु गौड र पत्रकार  मोहन पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads