ताजा अपडेटः

महिला पत्रकारकाे नेतृत्व विकासमा सुनवल नगरपालिकाकाे प्रयास

महिला पत्रकारकाे नेतृत्व विकासमा सुनवल नगरपालिकाकाे प्रयास प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार २१:५७

कल्पना खरेल,नवलपरासी । जिल्लामा महिला पत्रकारकाे संरक्षण , सम्बर्द्धन र नेतृत्व विकाशका लागि स्थानीय सरकार सदैब तयार रहेकाे सुनवल नगरप्रमुख विमला अर्यालले बताउनुभएकाे छ ।
सुनवल नगरपालिकाकाे आर्थिक सहयाेगमा आज बुधबारदेखि संचालित ३ दिने आधारभूत पत्रकारीता तालिमलाई सम्बाेधन गर्दै कार्यक्रमकाे प्रमुख अतिथि  नगरप्रमुख अर्यालले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले समाजमा व्याप्त बेथिति, विसंगति र भ्रष्टाचारकाे अन्त्यका लागि महिला पत्रकारकाे निश्पक्ष, पार्दर्शि र सकारात्मक भुमिका रहनेमा विश्वस्त रहेकाे धारणा राख्नुभयाे । साथै नगरप्रमुख अर्यालले  यस तालिमबाट महिला नेतृत्व उत्पादन हुनेमा आफू आशावादी रहेकाे समेत विचार व्यक्त गर्नुभयाे ।
साेहि क्रममम बाेल्दै नवलपरासी प्रेस क्लबकाे अध्यक्ष कल्पना खरेलले समाज रूपान्तरणमा समान कलम चलाउदै आएपनि अधिकारकाे पक्षमा महिला पत्रकारलाई पछाडि पारिएकाे बताउनुभयाे ।
जिल्ला भित्रका विभिन्न संचार माध्यमबाट क्रियाशील महिला पत्रकार र महिला संचारकर्मिहरू विस्थापित हुदै गइरेकाेमा चिन्ता  व्यक्त गर्दै अध्यक्ष खरेलले अस्तित्वकाे लागि जुटेर अगाडि बढ्नुपर्ने बेला आएकाे धारणा राख्नुभयाे ।
उहाँले टठस्थ रहेर आवाज बिहिनहरूकाे आवाज बुलद्व गर्नु पत्रकारकाे पहिलाे धर्म भएकाे भन्दै  समाचार सम्प्रेषणका क्रममा पत्रकारले गरेकाे याेगदानकाे मुल्यांकन गर्न सबैलाई आग्रह गर्नुभयाे ।
उता कार्यक्रमलाई सम्बाेधन गर्दै नवलपरासी महिला प्रेस क्लबका सल्लाहकार डाेलराज भणडारीले  विद्यानमा उल्लेख भए बमाेजिम सदस्यता बैधानिकताका लागि पनि याे तालिम आवश्यक रहेकाे धारणा राख्नुभयाे ।
उहाँले तालिमलाई तालिममा मात्र सिमित नराखि प्रेस क्लबमा आबद्ध सम्पूर्ण सदस्यहरूले लेखन शैलीकाे समेत विकास गर्न आवश्यक रहेकाे उल्लेख गर्नुभयाे ।
नवलपरासी महिला प्रेस क्लबकाे सल्लाहकार डाेल्मा चाैधरीकाे संचालन र उपाध्यक्ष मिना केसीको स्वागत रहेकाे कार्यक्रममा जिल्ला भित्रका सातै पालिकाबाट ३० जना महिला पत्रकार, महिला संचारकर्मि र इच्छुक महिला दिदिबहिनीकाे सहभागीता रहेकाे थियाे ।
भने आजकाे तालिमकाे मुख्य प्रशिक्षक न्यूज 24 खबरका संचालक तथा पत्रकार माेहन पाैडेल रहनुभएकाे थियाे ।



Ads