ताजा अपडेटः

नवलपरासी खानेपानी महासंघद्रारा खानेपानी सस्थालाइ कर शिक्षासम्बन्धि  अभिमुखिकरण

नवलपरासी खानेपानी महासंघद्रारा खानेपानी सस्थालाइ कर शिक्षासम्बन्धि  अभिमुखिकरण प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार ०९:४१

प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा खानेपानी महासङ्ग नवलपरासीद्रारा बर्दघाटमा करदातालाई कर शिक्षा दिइएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीको आयोजना र करदाता सेवा कार्यालय परासीको प्राबिधिक सहयोगमा करदाता शिक्षा दिएको हो ।
खानेपानी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले  सरकारले उपभोक्ता सस्थालाइ असहज गराएर होइन कि सहज गराएर अघि बढ्न सके राम्रो हुने उल्लेख गर्नु भयो । “खानेपानी सस्थाहरुले समयमा नै कर तिरेर अनावश्यक आर्थिक भारबाट जोगीएर पारदर्शी तवरले सस्था संचालक गर्नु पर्दछ ।” गैरले भन्नु भयो ।
कर कार्यालय परासीका प्रमुख राजेन्द्र शाहले सरकारले उठाउनु पर्ने कर समय उठेस र करदाताले पनि समयमा नै कर तिरेर हर्जना र जरिवाना पर्ने गरि मासिक बिवरण बुझाउन आग्रह गर्नु भयो । शाहले कुन कुन शिर्षकमा कति कति कर लाग्छ, बिल, भरपाइको भुक्तानीमा लाग्ने करका दरको बारेमा जानकारी गराउनु भयो । त्यस्तै कर नीति, करका दर र छुट सुबिधाका बारेमा बसन्त पौडेलले जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्ग नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपानेले करका निति र ऎन नजानेका कारण समयमा विवरण बुझाउन ढिलाइ भएको बताउदै कर कार्यालयले कर निति र प्रक्रियामा सहजीकरण गर्नु पर्ने बताउनु भयो ।
परिमार्जीत भइरहने कर नितिका बारेमा खानेपानी सस्थाहरुलाई जानकारी दिने प्रमुख उद्देश्यले कार्यक्रम आयोजना गरिएको खानेपानी महासङ्गका जिल्ला अध्यक्ष देबिदत्त सापकोटाले बताउनु भयो । खानेपानी सस्थालाई कुन कुनमा कर लाग्छ कुन कुनमा लाग्दैन, करका सम्बन्धमा नयाँ र पुरानो खानेपानीहरु बीच अनुभव साटासाट गर्नेका लागी कर कट्टीका सम्बन्धि तालिमको आयोजना गरिएको  सापकोटाले उल्लेख गर्नु भयो । करदातालाई कर शिक्षाको कार्यक्रम निरन्तरता दिदै अगाडि बढ्ने सापकोटाको भनाइ छ ।
खानेपानी महासङ्गकि उपाध्यक्ष जुन कुमारी कण्डेलको स्वागत रहेको कार्यक्रम अध्यक्ष देविदत्त सापकोटाको अध्यक्षता र सचिब मुक्ती बहादुर भण्डारीको सञ्चालन रहेको थियो । कार्यक्रममा जिल्लामा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका लेखापाल, ब्यवस्थापक, कार्यसमिति र लेखा समितिमा गरी ४५ जनाको सहभागी रहेको थियो ।



Ads