ताजा अपडेटः

सुस्ता गाउँपालिकामा सुझाव संकलन

सुस्ता गाउँपालिकामा सुझाव संकलन प्रकाशित मिति: १९ जेष्ठ २०८१, शनिबार २०:३३

सुस्ता, नवलपरासी । सुस्ता गाउँपालिकाले आज सनिवार आर्थिक वर्ष २०८१-०८२ काे निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि सुझाव संकलन गरेकाे छ ।
गाउँपालिकाकाे दिगाे विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने ध्येयका साथ गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायकाे प्रमुख आतिथ्यतामा उक्त निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धि सुझाव संकलन गरिएकाे हाे ।
कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास , पूर्वाधार विकास, बाताबरण तथा विपद् व्यवस्थापन,संस्थागत विकास, सेवा प्रवाह, राजश्च वृद्धि, स्थानीय स्रोतको परिचालन र जनसहभागिताको अभिवृद्धि र सामाजिक एवम् आर्थिक दृष्टिले कमजोर तथा तुलानात्मक रुपमा विकासको मूल प्रवाहमा पछाडि पारिएका वर्ग वा समूहको उत्थान तथा मूलप्रवाहीकरण एवम् अन्य विषयमा विस्तृत छलफल भएकाे थियाे ।
गाउँपालिका उपाध्यक्ष गिता चाैधरीकाे स्वागत रहेकाे कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल, वडा अध्यक्ष ,कार्यपालिका सदस्य, राजनीति दल, शैक्षिक व्यक्तित्व,सामाजिक व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि , स्थानीयबासी लगायतकाे सहभागीता रहेकाे थियाे ।



Ads