ताजा अपडेटः

कृषिलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार गर्ने मुख्यमन्त्री महरा 

कृषिलाई पहिलो प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार गर्ने मुख्यमन्त्री महरा  प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार १३:४०

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले कृषिलाई पहिलो प्राथमिकता दिएर प्रदेश सरकारले निति तथा कार्यक्रम तयार गर्ने बताउनुभएकाे छ । पश्चिम नवलपरासीको सुनवलमा अखिल नेपाल किसान महासंघ (क्रान्तीकारी केन्द्र) को लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्देै मुख्यमन्त्री महराले यस्ताे बताउनुभएकाे हाे ।
नेपालकाे विकासमा कृषि एक महत्त्वपूर्ण माध्यम बन्न सक्ने भएकाले सिचाइलाई विस्तार गरि आधुनिक प्रविधि सहितको कृषि र त्यसकाे व्यवसायीकरण र बजारीकरण आजकाे आवश्यकता रहेकाे मुख्यमन्त्री महराकाे भनाइ छ ।
मुख्यमन्त्री महराका अनुरा कृषिका माध्यमबाट राेजगार सृजना गरि प्रत्येक दिन हजारौं वैदेशिक राेजगारका लागि जान बाध्य युवा जनशक्तिलाई राेक्न पनि प्रदेश सरकारले  कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नेछ ।
महासंघका प्रदेश अध्यक्ष रामकिसन केवटको अध्यक्षतामा सम्पनन कार्यक्रममा किसान महासंघका केन्द्रिय अध्यक्ष चित्र बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बराल लगायतले सम्बोधन गर्नुभएकाे थियाे ।



Ads