ताजा अपडेटः

सुस्तामा कानुनी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम

कल्पना खरेल
सुस्तामा कानुनी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहीबार ०६:०८


सुस्ता नवलपरासी । छैठौं राष्ट्रिय महिला दिवसको अवसर पारि पश्चिम नवलपरासीको सुस्तामा कानुनी अधिकार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
“हाम्रो अभियान ,आत्मनिर्भर छोरीका सम्मान “भन्ने मुल नारा साथ महिला तथा बालबालिका शाखा सुस्ता गाउँपालिकाले सुस्ता गाउँपालिका अन्तर्गत रहेका महिला संजालका पदाधिकारीहरुलाई एक दिने कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख अतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिकाको १ देखि  ५ वडा  सम्मका ६० भन्दा बढि जना महिलाहरुको सहभागिता रहेकोे थियो ।
उद्द्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै  गाउँपालिकाअध्यक्ष टेक नारायण उपाध्यायले आजपनि  महिलाहरू अधिकारबाट बन्चित रहेकाेले आफ्नाअधिकारका लागि सचेत रहन सहभागीलाई   आग्रह गर्नुभयाे ।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीले अधिकार सगै कर्तव्य पनि नागरिकको जिम्मेवारी रहेकाेले त्यसप्रति पनि सचेत रहन सहभागीलाई सुझाब दिनुभयाे ।साथै सिकेका कुरालाई व्यवहारमा उतार्दै प्रभावारीताकाे लागि ज्ञानलाई बाढ्न जरूरी रहेकाे धारणा राख्नुभयाे ।
उता सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले समान अवसर र अधिकार सगै देशकाे विकास सम्भव रहेकाे बताउदै अधिकारका लागि परिचित हुन महिला दिदिबहिनीलाई आग्रह गर्नुभयाे ।
महिला तथा बालबालिका शाखाका प्रमुख साबित्रा आले मगरलेकाे संचालन रहेकाे कार्यक्रमकाे अधिवक्ता सरस्वती शर्माले सहजीकरण गर्नुभएकाे थियाे ।




Ads