ताजा अपडेटः

विद्युत प्राधिकरणकाे लापरबाहीले प्रतापपुरकाे कृषि विद्युतिकरण गर्ने याेजना अधुराे

विद्युत प्राधिकरणकाे लापरबाहीले प्रतापपुरकाे कृषि विद्युतिकरण गर्ने याेजना अधुराे प्रकाशित मिति: १६ जेष्ठ २०८१, बुधबार २२:२५

कल्पना खरेल, नवलपरासी । नेपाल विद्युत प्राधिकरणको लापरबाहीकाे कारण पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको एक करोड बजेट फ्रीज हुने भएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आज बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरि नेपाल विद्युत प्राधिकरणको कारणले यश पालिकाले कृषि बिधुतिकरणका लागि बिनियोजित एक करोड रकम फ्रीज हुने बताउनुभएकाे हाे ।
अध्यक्ष यादवले नेपाल विद्युत प्राधिकरणका केही कर्मचारीहरुले  सेवाग्राहीहरुलाई अनावश्यक दुख दिने गरेको,काममा ढिलासुस्ती गर्ने गरेको,जनताबाट काम गराए वाफत अतिरिक्त पैसा लिने गरेकाे जस्ता अनेकन जनताहरुलाई सास्ती दिने कार्य विद्युत प्राधिकरणका केही कर्मचारीहरुबाट हुने गरेको भनी आम स्थानीयबासीहरुबाट दैनिक जस्तो गुनासो आउने गरेकाे बताउनुभएकाे छ ।


आफ्नाे पाँच बर्षकाे कार्यकालमा गाउँपालिका भरिनै कृषि  विद्युतिकरण गर्ने याेजनालाई  नेपाल विद्युत प्राधिकरणका केहि कर्मचारीहरुको  लापरबाही र गैरजिम्मेवारीपनको कारण योजनाहरु तर्जुमा गरेको कुल १ करोडको बजेट  फ्रीज हुन थालेपछि प्राधिकरणका ती कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने अध्यक्ष यादवकाे भनाई छ ।
साेहि नितिलाई तिब्रता दिन अध्यक्ष यादवकाे विशेष पहलमा लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय उर्जा महाशाखाबाट प्रतापपुर गाउँपालिका अन्तर्गत एक वडालाई पुर्ण कृषि विद्युतिकरण गर्नका लागि आवश्यक एक करोड रकम बिनियोजित गरिएको र सो  आयोजना संचालनका लागि नेपाल विद्युत प्राधिकरणलाई लागत स्टिमेट तयार गर्न पालिकाकाबाट पटक पटक माैखिक,पत्राचार तथा प्रत्यक्ष भेटेर समेत अनुरोध गर्दा पनि नेपाल विद्युत प्राधिकरणका केही कर्मचारीहरुको अकर्मण्यता,गैरजिम्मेवारीपन र स्वार्थका कारण  योजना फ्रीज हुने अवस्थामा रहेकाे अध्यक्ष उमेश चन्द्र यादवककाे आराेप छ ।
उहाँका अनुसार त्यतिमात्र  नभएर  पालिकाको अन्य योजनामा   सडक निर्माण कार्यमा अवराेध गरेका बिजुलीको पोल सार्ने कार्यमा ढिलासुस्ती हुने गरेको, पालिकालाई विभिन्न निकायबाट उपलब्ध भएका ट्रान्सर्फमरहरुको जडान गर्नका लागि आवश्यक प्राबिधिक सहयोगका लागि बारम्बार ताकेता गर्दा पनि नेपाल विद्युत प्राधिकरणबाट असहयोग हुने गरेकाे छ ।
भने २०८१ जेष्ठ १५ गते मंगलबार नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रमा कृयाशिल ट्रेड युनियनहरुले जारी गरेको विज्ञप्तिप्रति प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवको निजिसचिवालयले आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे बताएकाे छ ।
एक विज्ञप्ति जारी गर्दै अध्यक्ष उमेश चन्द्र यादवको निजि सचिवालयले पालिका अध्यक्ष यादवले नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका कर्मचारीलाई अपशब्द बाेलेकाे र हातपात  गरेकाे भनी गरिएकाे छुट्टा प्रचारप्रति खेद प्रकट गर्दै आफ्नाे कामप्रति जवाफदेही हुन विद्युत प्राधिकरण परासी वितरण केन्द्रलाई सुझाव दिएकाे छ ।



Ads