ताजा अपडेटः

त्रुटि नसच्चाए सम्म नेपाल पत्रकार महासंघ नवलपरासीमा लगाइएकाे तालाबन्दी नखाेलिने

त्रुटि नसच्चाए सम्म नेपाल पत्रकार महासंघ नवलपरासीमा लगाइएकाे तालाबन्दी नखाेलिने प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलवार १५:४१

कल्पना खरेल,नवलपरासी । प्रेस युनियन नवलपरासीले आज मंगलबार एक विज्ञप्ति जारी गरि नेपाल पत्रकार महासंघ नवलपरासीकाे कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेकाे छ । नेपाल पत्रकार महासंघ नवलपरासी शाखाबाट महासंघको सदस्यता निर्देशिका बमोजिम तटस्थ रुपमा सदस्यता नविकरण र नयाँ सदस्यता आह्वानमा नवलपरासी शाखाको गम्भिर त्रुटि रहेको   भन्दै अनिश्चितकालीन तालाबन्दी गरेकाे हाे ।
संचार क्षेत्रमा क्रियाशिल नभएका र मुख्य पेशा शिक्षण र गैह्र सरकारी संस्थामा आवद्ध व्यक्तीहरुको नाम समेत महासंघको सदस्यता नामावलीमा समावेश भएकोमा आपत्ति रहेकाे प्रेश युनियनका अध्यक्ष उमेश कुमार वि.कले बताउनुभयाे ।
अध्यक्ष वि.कले  साे विषयमा प्रेस युनियन नवलपरासीले नेपाल पत्रकार महासंघ नवलपरासी शाखा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीमा समेत बारम्बार लिखित र मौखिक रुपमा त्रुटि सच्याई पुनरावलोकनका लागि ध्यान आकर्षण गरिएको भएपनि त्यसप्रति नजरअन्दाज गरिएकाे बताउनुभयाे ।
विज्ञप्तिमा  सदस्यताको विषयमा भएको त्रुटि पुनरावलोकन गरि क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यताको बिधिपुर्वक आह्वान गरि सदस्यता नविकरणलाई बिधानको मर्म अनुसार कायम गर्ने र सो पश्चात मात्र निर्वाचनको प्रक्रिया अघि बढाउन  माग गरिएकाे छ ।
साथै मागको सम्बोधन नभए सम्म जिल्ला शाखाको भुमिका समेत अमान्य रहने गरि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीमा अनिश्चितकाल तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख छ ।



Ads