ताजा अपडेटः

बर्दघाटमा भालुको आक्रमणबाट महिला घाईते

बर्दघाटमा भालुको आक्रमणबाट महिला घाईते प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार २१:४८

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे बर्दघाट स्थित जंगलमा भालुकाे आक्रमणबाट एक महिला घाइते भएकि छन् ।
आज दिउँसो साढे १ बजे बर्दघाट नगरपालिका २, संसारकोट बस्ने ओम बहादुर खाम्चाको श्रीमति बर्ष २५ की खिममाया खाम्चाकाे भालुकाे आक्रमणबाट घाइते भएकी हुन् ।
उनी आफ्नाे घर देखी अन्दाजी २ कि.मि. पुर्व तर्फ रहेको जङ्गलमा निउरो टिप्न जाँदा अचानक भालुले आक्रमण गरेकाे थियाे ।
भालुकाे आक्रमणबाट अनुहारमा चोट लागि उपचारको लागी चिसापानी अस्पताल ल्याएकोमा सामान्य उपचार पश्चात दिउँसो  ३:१५ बजे थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको लागी रिफर गरिएकाे सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।



Ads