ताजा अपडेटः

सुनवलमा केयर डाइलग कार्यक्रम सम्पन्न

सुनवलमा केयर डाइलग कार्यक्रम सम्पन्न प्रकाशित मिति: १३ जेष्ठ २०८१, आईतवार २१:३५

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा घरेलु श्रम: कसरी सम्मानित , मर्यादित अनि सुरक्षित वनाउने भन्ने विषयमा  केयर डाइलग कार्यक्रम सम्पन्न भएकाे छ।
युवालयको आयोजनामा र सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा स्थानीय सरोकारवालाहरुको सहभागितामा उक्त केयर डाइलग  कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा महिलालाई सिपसगँ कसरी जाेड्ने, जागिरे महिलाकाे अनुभव, महिला सक्षमता र सफलतामा परिवारले खेल्ने भूमिका, खुसि र सुखि परिवारका लागि निभाउनुपर्ने उत्तरदायित्वका विषयमा भिडियाे सामाग्री प्रस्तुत गरिएकाे थियाे ।
भने कार्यक्रममा सहभागीले आ-आफ्नाे अनुभव समेत साटासाट गरेका थिए । परिवर्तनका लागि ठुलाे ठुलाे कुरा भन्दा साना साना कुरामा ध्यान दिई व्यवहारमा परिवर्तन ल्याउन सके मात्र  घरेलु श्रमलाई सम्मानित , मर्यादित अनि सुरक्षित वनाउन सकिन्छ भन्ने कार्यक्रमकाे ध्येय रहेकाे थियाे ।
यूवालयकाे अध्यक्ष धर्मराज रिमालकाे अध्यक्षता तथा यूवालय सदस्य कृष्णप्रसाद घिमिरेकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे हाे । सन् २०१३  स्थापना भइ काठमाडौं ललितपुर केन्द्रीय कार्यालय रहेकाे यूवालयले  ७ वटै प्रदेशमा यूवा ससक्तिकरण, जलवायू परिवर्तन , प्रजनन स्वास्थ्य र शिक्षा , विपद जाेखिम न्यूनिकरण लगायतका सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकाे छ ।



Ads