ताजा अपडेटः

आप्रवासी परिवार हकहित मंच पश्चिम नवलपरासीको पाँचौ बार्षिक साधरण सभा सम्पन्न 

आप्रवासी परिवार हकहित मंच पश्चिम नवलपरासीको पाँचौ बार्षिक साधरण सभा सम्पन्न  प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार २२:१८

अस्मिता भुसाल,
बर्दघाट । आप्रवासी परिवार हकहित मंच पश्चिम नवलपरासीको पाँचौ बार्षिक साधरण सभा तथा आप्रवासी श्रमिक सन्जाल नवलपरासीको जिल्ला भेला एवम् अन्तरक्रिया कार्यक्रम शुक्रबार भुमहिमा सम्पन्न भयेको छ।
मन्चका जिल्ला अध्यक्ष रामु भुसालको अध्यक्षता रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वैदेशिक रोजगारीमा जानेहरूले सूचना तथा जानकारीको अभावले गर्दा निकै समस्या भोग्नु परेको र वैदेशिक रोजगारीबारे जानकारी नहुनु, अभिमुखीकरण तालिम, बीमा, सम्झौता, लागत, कम्पनी,देश,मेनपावरका विषयमा ज्ञान नहुँदा दुःख पाइरहेकाले यी विषयहरूमा वैदेशिक रोजगारमा जानेहरूका लागि मन्चले आफ्नो भुमिका निर्वाहा गर्नु पर्ने बताउदै संगठन लाई बलियो बनाउनु पर्ने बताउनु भयो।
साथै उहाले वैदेशिक रोजगारीको क्षेत्रमा जिल्लाका केही पालिकाले सुरक्षित आप्रवासन (सामी) कार्याक्रम संचालन गरि सूचनामा पहुँच, सीप विकास तालिम, न्यायमा पहुँच, कानूनी सहजीकरण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता लगायतका विषयमा काम गर्दै आएको हुदा मंचले पालिका सङ सहकार्य गरि काम गर्न अनुरोध गर्नु भयो।
कार्यक्रममा बिशेष अतिथी सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले आप्रवासी श्रमिक संजालको परिचय र महत्व, यसको गठन, श्रम तथा रोजगार नीति , स्थानिय सरकार संचालन ऐन २०७४ मा बैदेशिक रोजगार सम्बन्धी गाउपालिका तथा नगरपालिकाको काम,कर्तव्य र अधिकार,बार्षिक योजना तर्जुमाका चरणहरु लगायतको बिषयमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा सामी कार्यक्रमका जिल्ला सम्योजक ज्ञानेश्वर भण्डारीले मुलुकमा सिमीत रोजगारीका अवसर ,गरिबी लगायतका कारण बैदेशिक रोजगारी प्रति आकर्षण बढदै गएको र हाल दैनिक सरदर १ हजार ९ सय जना बैदेशिक रोजगारमा जाने गरेको बताउदै नेपालबाट श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा जानेको संख्या ७६ लाख नाघि सकेको जानकारी दिनु भयो ।
कार्यक्रममा सामी कार्यक्रम बर्दघाटका रिटर्नी स्वमसेवक सुर्य प्रसाद पाण्डे ,श्रमिक संजाल सुनवलका प्रतिनिधि नन्द प्रसाद गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो।
सो अवसरमा मंचका अध्यक्ष रामु भुसाल ले मंचको गतिविधि र आगामी कार्ययोजना प्रतिबेदन र कोषाध्यक्ष रमेश चौहानले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भयेको थियो।
कार्यक्रममा सस्थाका आजिवन सदस्य हरुलाइ सस्थाको लोगो अङ्कित टिसर्ट बितरण गरिएको थियो भने टिसर्ट वैदेशिक रोजगार बाट फर्की बर्दघाटमा ब्यापार सन्चालन गर्दै आउनु भएका व्यावसायि गणेश पाध्या आचार्यले सहयोग गर्नु भयेको थियोे ।
मंचका आजिवन सदस्य ,साधरण सदस्य,जिल्लाका विभिन्न पालिकामा गठित आप्रवासी श्रमिक संजालका प्रतिनिधि,पत्रकार लगायत सहभागी रहेको कार्यक्रममा कोषाध्यक्ष रमेश चौहानको स्वागत मन्तव्य रहेको थियोे भने संचालन सहसचिव रमा आलेले गर्नु भयेको थियो।