ताजा अपडेटः

नगर संजाल सुनवलकाे पाचौं पुनर्गठन कार्यक्रमले कृपा घिमिरेलाई अध्यक्षतामा सर्वसम्मत चयन

नगर संजाल सुनवलकाे पाचौं पुनर्गठन कार्यक्रमले कृपा घिमिरेलाई अध्यक्षतामा सर्वसम्मत चयन प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार २०:४०

कल्पना खरेल,नवलपरासी । नगर संजाल सुनवलकाे पाँचौ पुनर्गठन कार्यक्रमले कृपा घिमिरेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
नगर बाल संजाल सुनवलकाे अध्यक्ष शुसान्त श्रेष्ठको अध्यक्षता तथा  सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा आज शुक्रबार सम्पन्न  पुनर्गठन कार्यक्रमले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरकाे हाे ।
जसकाे उपाध्यक्षमा प्रस्तुती भुषाल,सचिव कृयल घिमिरे ,सहसचिव सुदिप भुषाल र काेषाध्यक्षमा अशाेक पन्त चयन भएका छन् ।
भने सदस्यहरूमा दिपा थापा, विजय पाण्डे,युवराज चापागाईं,आर्यन गैरे, रक्षा सापकोटा , वसन्त पाण्डे,आशिष धाेवी,  निशा गाैतम, राज पाैडेल, सफल ढकाल, आयूषा भण्डारी , रूपा ढकाल, रूपेश चाैधरी, प्रिन्सी कार्की, दिविसा न्याैपाने र विमला चापागाईं रहेका छन् ।
साेहि कार्यक्रमलाई सम्बाेधन गर्दै नगप्रमुख अर्यालले क्रियाशील , इमान्दार र सबैलाई मिलाएर लान सक्ने नेतृत्व बाल संजालमा आवश्यक भएकाे भन्दै यस क्षेत्रमा भएका विकृति विसंगतिका विरूद्व अहाेरार्ध खटिएकाेमा हार्दिक कृतज्ञता व्यक्त गर्नुभयाे ।
उहाँले अधिकारका क्षेत्रमा मात्र नभई बालबालिकालाई कर्तब्य र जिम्मेवारीका क्षेत्रमा पनि गम्भीर भएर लाग्न सुझाव दिदै  बालमैत्री नगर हाम्रो पहिचान दिगोपनाको लागि निरन्तर अभियान   रहेले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै उपप्रमुख सुर्य प्रसाद दुवेले नगर संजाल सुनवललाई सामाजिक उत्तरदायित्व समेत बहन गर्न आग्रह गर्नुभयाे । पछिल्लाेपटक बालबालिकाहरू लागू ओैषध दुर्व्यसनीमा फसिरहेकाे पाइएकाेले त्यसप्रति सचेतनाका कार्यक्रमहरू गर्न सुझाब दिनुभयाे ।
नगर बाल संजाल सुनवलकाे आयाेजना , नवर बाल संजाल सचिब कला बस्यालकाे संचालन र नगर बाल संजालकाे सदस्य निशा तिवारीकाे स्वागत रहेकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जि.सी, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गाेतामे, सामाजिक विकास शाखा संयाेजक भगवती बस्याल  लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads