ताजा अपडेटः

वडा बाल संजाल सुनवल १ काे पुनर्र गठन कार्यक्रम सम्पन्न

वडा बाल संजाल सुनवल १ काे पुनर्र गठन कार्यक्रम सम्पन्न प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहीबार २२:५१

कल्पना खरेल,नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १ मा संगठित वदा बाल संजालको आयोजनामा वडा बाल संजाल पुनर्र गठनको कार्यक्रम सम्पन्न भएको छ ।
वडा बाल संजालका अध्यक्ष शुशान श्रेष्ठको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न पुनर्र गठन कार्यक्रममा अध्यक्षको प्रगति प्रतिबेदन बाल संजालका अध्यक्ष शुशान श्रेष्ठले प्रस्तुत गर्नु भएकाे थियाे ।
कार्यक्रममा कृयाल घिमिरेको अध्यक्षतामा १३ सदस्यीय वडा वाल संजाल गठन भएको छ ।  जसको उपाध्यक्षमा निशा गौतम,  सचिबमा राजन पाण्डे, कोषाध्यक्षमा शारदा शर्मा, सह सचिबमा आदर्श भण्डारी रहेका छन् भने सदस्यहरुमा अमित कानु , दुर्गा दर्लामी,आयुष तिवारी, गायत्री पौडेल,उत्कृष्ट पाण्डे, रोशनी खाम्चा लगाएत रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष मन बहादुर थापा मगरले  बालबालिका भनेको देशको भोलिका कर्णधार रहेकाेले  उनिहरूलाई लगानी गर्नु आजको आवश्यकता रहेकाे बताउनुभयाे । त्यसैकाे बालबालिकाको दिगोपनको निम्ति सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयाे ।
वडा बाल संजालका सदस्य अमित कानुकाे संचालन र  सदस्य आदर्श भण्डारीकाे स्वागत रहेकाे कार्यक्रममा  कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्य  पर्शुराम कवर, वडा दलित महिला सदस्य बाल कुमारी दर्जी, मेनुका तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads