ताजा अपडेटः

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले २३औ स्थापना दिवस मनायो

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटले २३औ स्थापना दिवस मनायो प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार २०:३८

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय ले आफ्नो २३औ स्थापना दिवस बिविध कार्यक्रमको आयोजना गरि शुक्रबार मनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यलय मानवस्रोत बिभाग काठमाडौका बिभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले बिषम परिस्थितिलाई सामना गर्दै संगठनलाई यो अवस्थामा ल्याईपुर्याउन अग्रज हरुको ठूलो भुमिका रहेको उल्लेख गर्नुभयो । साथै वहाले संगठनलाई थप परिस्कृत बनाउदै लगिएको बताउदै जस्तो सुकै परिवेश र अवस्थामा पनि सशस्त्र प्रहरीले बिचलित नभै कर्तब्य निर्वाह गरेको उल्लेख गर्नुभयो।
संगठन लाई एकीकृत बनाउन हरेक ईकाई फर्मेसन गरिरहेको जानकारी दिदै संगठनको अवधारणा अनुरुप काम गर्न निर्देशित गर्नुभयो ।
उहाँले युनिट भन्दा बाहिर काज बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै लगिएको बताउदै संगठन भित्र पनि क्षमता,कला कौशललाई समेत बढावा दिदै प्रहरीको तालिम र सस्स्त्र प्रहरी बिधालयका पाठ्यक्रमलाई परिस्कृतत र संसोधित गर्दै लगिएको उल्लेख गर्नुभयो ।साथै वहाले शिक्षालयमा नवनिर्मित कक्षा कोठा भवनको उद्घाटन समेत गर्नु भयेको थियो।
कार्यक्रममा बिशिस्ट अतिथि हरु राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिस्ठान काठमाडौका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरि,बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी एवम् जिल्ला समन्वय समिति प्रमुख भगौती यादव(रुदल) लगायतले शुभकामना मन्तव्य राख्दै राज्यले दिएको जिम्मेवारी बहनलाई थप प्रभावकारी ढंगले निर्वाह गरेको ,राज्स्व चुहावट,सिमा सुरक्षा,प्राकृतिक बिपद लगायतका कुरामा सशस्त्र प्रहरी बलको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
सो अवसरमा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक बिश्वराज भट्टराईले सम्पुर्ण सहभागी हरुलाइ धन्यवाद ज्ञापन गर्दै संगठन स्थानपनाकालदेखि नेपालको संविधान अनुसार अधिकारकालाई आत्मसास गर्दै आम नागरिकको जिउधनको सुरक्षाका निम्ति सशस्त्र प्रहरीले कर्तव्य निर्वाह गर्दै आईरहेको बताउदै सिमा सुरक्षाका निम्ति बर्ड (bird )को अवधारणालाई अगाडी सारी संगठनलाई नतिजामुखी बनाउदै लगिएको बताउनुभयो ।
कार्यक्रममा शिक्षालयमा सम्पन्न विभिन्न खेलकुद,हाजिरी जवाफ प्रतियोगिता,सास्कृतिक कार्यक्रम, उत्कृष्ट कार्यसम्पादन लगायत विभिन्न बिधामा उत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारी हरुलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा शिक्षालयका सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो सास्कृतिक प्रस्तुती समेत गरेका थिय।
कार्यक्रममा विभिन्न सरकारी कार्यलयका प्रमुख,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख ,सशस्त्र प्रहरीका पुर्व कर्मचारी,विभिन्न संघसस्थाका प्रमुख ,रुपन्देही ,कपिलवस्तु ,नवलपरासी लगायत सशस्त्र गणका प्रमुख ,पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको सन्चालन ,सशस्त्र प्रहरी निरीक्षक दिपक बाहादुर लामिछानेले गर्नु भएको थियो।



Ads