ताजा अपडेटः

वडा बाल संजाल सुनवल ९ द्वारा दुईदिने नेतृत्व विकास कार्यक्रममा सम्पन्न

वडा बाल संजाल सुनवल ९ द्वारा दुईदिने नेतृत्व विकास कार्यक्रममा सम्पन्न प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार २०:००


कल्पना खरेल, नवलपरासी । वडा बाल संजाल सुनवल ९ पश्चिम नवलपरासी द्वारा संचालित दुइदिने नेतृत्व विकास कार्यक्रम आज शुक्रबार सम्पन्न भएकाे छ ।
बालबालिकालाई शुसासन सहितकाे क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित आयाेजनना गरिएकाे कार्यक्रममा वडा अध्यक्ष बिरवल चाैधरीकाे प्रमुख आतिथ्यतामा रहेकाे थियाे ।
प्रगति मावि स्वाठिकाे भवनमा संचालित नेतृत्व विकास कार्यक्रममा कक्षा ५ देखि कक्षा ९ सम्म अध्ययनरत ४० जना बालबालिकाकाे सहभागीता रहेकाे थियाे ।
देशमै पहिलाे बालमैत्री नगरपालिका सुनवल नगरपालिकाले बालमैत्री शासन दिगाेपनाका लागि  १३ वटै वडामा वडा बाल संजाल गठन गरि काम गर्दै आइरहेकाे छ ।
कार्यक्रममा नवलपरासी महिला प्रेस क्लबकाे जिल्ला अध्यक्ष कल्पना खरेलकाे प्रशिक्षण रहेकाे थियाे ।



Ads