ताजा अपडेटः

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

कल्पना खरेल
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार ०६:४०

काठमाण्डौ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।
आज निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गर्ने क्यानका कोषाध्यक्ष पदम खड्काले बताउनुभयो ।  नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्छ । आईसीसीको नियम अनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने छन् । नेपाली टोली अहिले वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।




Ads