ताजा अपडेटः

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार १८:४२

काठमाण्डाै । क्रिकेटर सन्दीप लामिछानेले आज बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे ।
उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डाैकाे फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे ।
यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डाैले आठ वर्ष कैद र पाँच लाख जरिबानाकाे सजाय सुनाएकाे थियाे । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो ।
फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतको याे फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटाे खुलेकाे छ ।
२०७९ सालको भदाै २१ गते गाैशाला २६ (नाम परिवर्तन) ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।



Ads