ताजा अपडेटः

श्री प्रगति मा.विकाे ६६ ओै वार्षिकोत्सब सम्पन्न

श्री प्रगति मा.विकाे ६६ ओै वार्षिकोत्सब सम्पन्न प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार ०७:२१


कल्पना खरेल,नवलपरासी । श्री प्रगति माध्यमिक विद्यालय सुनवल-९ स्वाठि न.प. काे ६६ ओै  वार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह आइतबार सम्पन्न भएकाे छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष दिप नारायण चाैधरीकाे अध्यक्षता तथा  सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख अर्यालले प्रविधिमैत्री सहितकाे गुणस्तरीय शिक्षा आजकाे आवश्यक भन्ने लक्ष्य सहित स्थानीय सरकार लागि परेकाे बताउनुभयाे ।
उहाँले सामुदायिक विद्यालयमा भाैतिक संरचना निर्माण र सुधार भइरहेकाेले अब दक्ष्य जनशक्ति कसरी उत्पादन गर्ने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, विद्यालय र अभिभावक गम्भीर हुनुपर्ने बेला आएकाे तर्क राख्नुभयाे ।
साथै अर्यालले बालबालिकाकाे पहिलाे पाठशाला भनेकै घर भएकाेले विद्यालयकाे मात्र भर नपरि सहि संस्कार प्रदान गर्दै बेलाबेलामा आफ्ना नानीबाबुहरूकाे विषयमा विद्यालयमा आएर बुझ्न पनि अभिभावकलाई सुझाब दिनुभयाे ।
त्यसैगरी सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुर्य प्रसाद न्याैपानेले सामुदायिक विद्यालयलाई अपनत्व गर्न अभिभावकहरूलाई आग्रह गर्नुभयाे ।
आफ्ना नानीबाबुलाई विश्वास गरेर सामुदायिक विद्यालयमा पढाउन आग्रह गर्दै देशमा आवश्यक दक्ष्य जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालय तत्पर रहेकाे जानकारी दिनुभयाे ।
उता सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनवलका अध्यक्ष ज्ञान हरि अर्यालले श्री प्रगति माध्यमिक विद्यालय सुनवल नगरपालिकाकाे जेठाे विद्यालयकाे रूपमा स्थापित भइ शिक्षाको नेतृत्व गर्दै पछिल्लो पटक शैक्षिक गुणस्तरमा समेत फट्काे मारेकाेमा खुसी व्यक्त गर्नुभयाे ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक सुरेश प्रसाद चाैधरीले प्र.अ.काे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने विद्यालयमा सहयाेग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्व , उत्कृष्ट शिक्षक, अग्रज विद्यार्थी, विभिन्न खेलकुदमा विजयी विद्यार्थी ,नव आगन्तुक विद्यार्थी लगाएतलाई स्वागत तथा सम्मान गरिएकाे थियाे । त्यस्तै  नृत्य समेत प्रस्तुत गरिएकाे थियाे ।
शिक्षक बद्रि बहादुर कार्कीकाे संचालन र शिक्षिका प्रमिला नेपालीको स्वागत रहेकाे कार्यक्रममा सुनवल शिक्षा शाखा अधिकृत पशुपति भट्टराई , वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चाैधरी, निवर्तमान वडा अध्यक्ष कनैया थारू,  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाैतम परियार, विद्यालय व्यवस्थापन समितिकाे सदस्य बेलभद्र लाेहनी,प्रेम कुवर फ पूर्व विद्यार्थी गंगा भुषाल लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads