कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीकाे सुस्ता गा.पा. ३ बिगेट स्थित भित्री सडक खण्डमा भएकाे सवारी दुर्घटनामा एककाे मृत्यु भएकाे छ ।
आज शुक्रबार दिउँसो ४ बजे कुडियाबाट रतनगंज तर्फ जाँदै गरेको लु ३ त २८४ नं. को ट्याक्टर आफै अनियन्त्रित भई बाटोको छेँउमा पल्टिदा सुस्ता गा.पा. ५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा बर्ष १३ का रोहित कंकरकाे मृत्युु भएकाे हाे ।
टाउकोमा गम्भीर चोट लागेकाे कंकरकाे जिल्ला अस्पताल परासीमा उपचारको क्रममा डाक्टरले साझँ ५ बजे मृत घोषणा गरेको थियाे ।
घाइते सुस्ता गा.पा. ४ नर्सही बस्ने बर्ष २१ का सुकई मल्लाहको शरिरको बिभिन्न भागमा चोट लागि अवस्था मध्यम रहेकाेले साझँ साढे ५ बजे थप उपचारको लागि भैरहवा मेडिकल कलेज भैरहवा रुपन्देहि रिफर गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।