ताजा अपडेटः

सुनवल माध्यमिक विद्यालयकाे अभिभावक भेला सम्पन्न

सुनवल माध्यमिक विद्यालयकाे अभिभावक भेला सम्पन्न प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार २१:५८


कल्पना खरेल, नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित सुनवल माध्यमिक विद्यालयको अभिभावक भेला नतिजा प्रकाशन तथा छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन  समितिका अध्यक्ष सुविन्द्र कवर योगिको अध्यक्षतामा तथा वडा नम्वर १ का वडा अध्यक्ष  मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हा ।
कार्यक्रमलाई सम्वाेधन गर्दै वडा अध्यक्ष थापाले कक्षा ८ को  २०८० मा जिल्ला स्तरीय परिक्षामा सहभागी भएका सुनवल नगरपालिकाबाट सामुदायिक विद्यालय र संस्थागत विद्यालय गरि ३२ वटा विद्यालयको नतिजा देख्दा सन्तोष जनक नरहेको भन्दै बताउनुभयाे ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, सल्लाहकार शिव प्रसाद शर्मा, तिलक राम शर्मा, शिव बहादुर बि क,चन्द्रकला शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा कक्षा एल के जी देखी कक्षा ९ सम्म  प्रथम द्वितीय  र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने सुनवल नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को कार्यक्रम अन्तर्गत वडा नम्बर १ वाट छात्रवृति अन्तर्गत  ५० हजार बराबर  १७ जना अति विपन्न  छात्र छात्रालाई विद्यालयको पोसाक, झोला र लेखन सामाग्री वितरण गरिएको वडा अध्यक्ष थापा मगरले जानकारी दिनुभयाे ।
विद्यालयका प्रधानध्यापक रिता गैरेकाे स्वागत  रहेकाे कार्यक्रमको संचालन विद्यालयका सह प्रधानध्यापक चित्र बहादुर गुरुङले गर्नुभएको थियो ।



Ads