कल्पना खरेल, नवलपरासी । संस्कृति सम्बर्द्धन नारी मंच सुनवलले संस्कृत र नैतिक शिक्षा लागु गर्नुपर्ने भन्दै सुनवल नगरप्रमुख विमला अर्याललाई ज्ञापनपत्र बुझाएकाे छ।
संस्थाकी अध्यक्ष साेभा ढकालले आज साेमबार बेलायत ,जर्मन अमेरिका जस्ता शक्तिशालि राष्ट्रहरूले समेत संकृत भाषामा पठनपाठन गराइरहेकाे भन्दै नैतिक शिक्षाका लागि संस्कृत भाषालाई अनिवार्य गराइनुपर्ने भन्दै ज्ञापनपत्र बुझाउनुभएकाे हाे ।
ज्ञापनपत्रमा देशमा पछिल्लो पटक बढ्दै गएकाे हत्याहिंसा ,बलात्कार ,चाेरी, डकैती जस्ता अराजकताहरू बढ्नुमा संकृती शिक्षा र नैतिक शिक्षाकाे अभावका कारण भएकाेले शैक्षिकसत्र देखि कम्तीमा ५०/५० पुर्णाङ्ककाे यी विषयलाई नगरले पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख अर्यालले स्थानीय सरकारले नैतिक विषयलाई पाठ्यक्रममा समावेश गर्दै आइरहेकाे र संस्कृत विषयलाई समावेश गर्ने विषयमा पनि सकारात्मक रहेकाे धारणा राख्नुभयाे ।
उक्त ज्ञापनपत्रमा हिन्दु महासंघ नवलपरासी , लाेक दाेहाेरी प्रतिष्ठान नवलपरासी , संस्कृतिमा दखल व्यक्तित्व ध्रुर्व अर्याल र सनातन माेर्चा नवलपरासीले समेत एक्यवद्धता जनाएकाे छ ।