ताजा अपडेटः

सुनवल १ मा ३ दिने उद्योषण तालिम सुरु

कल्पना खरेल
सुनवल १ मा ३ दिने उद्योषण तालिम सुरु प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार २०:४६

कल्पना खरेल, नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १  आदिवासी जनजाति उत्थान कार्यक्रम अन्तर्गत ३ दिने उद्योषण तालिम आजबाट सुरू भएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद अध्यक्ष तिल प्रसाद गुरूङकाे अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरकाे प्रमुख आतिथ्यतामा उक्त उद्योषण तालिम सुनवल १ मा सुरू भएकाे हाे ।
कार्यक्रमा बाेल्दै वडा अध्यक्ष मनबहादुर थापा मगरले आदिवासी जनजातिकाे नेतृत्व र क्षमता वृद्धि  गरि एक कुशल उद्योषक बनाउने लक्ष्य सहित तालिमकाे आयाेजना गरिएकाे बताउनुभयाे । उहाँले आत्मविश्वासकाे कमिले कुनै पनि ठाउँमा उभिएर बाेल्न, आफ्ना कुरा राख्न नसक्ने व्यक्तिलाई यस तालिमले कुशल नेतृत्व तयार गर्ने भन्दै अनुशासनमा रहेकाे सिक्न सहभागी सबैलाई  आग्रह गर्नुभयाे ।
नवलपरासी महिला प्रेस क्लबकाे अध्यक्ष कल्पना खरेल मुख्य प्रशिक्षक रहेकाे तालिममा वडा नम्बर १ का ३० जना आदिवासी  जनजातिकाे सहभागीता रहेकाे थियाे ।
तमु स्याे जिल्ला समिति नवलपरासी संगठन सचिव निसा गुरूङकाे संचालन रहेकाे कार्यक्रमा वडा नम्बर १ का वडा सदस्य पर्शुराम कवर,नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष हेम बहादुर थापा लगाएतले बाेल्नुभएकाे थियाे ।




Ads