ताजा अपडेटः

सामुदायिक विद्यालयहरूकाे संगठनले नगरप्रमुख अर्याललाई बुझायाे ३९ बुदे ज्ञापनपत्र

सामुदायिक विद्यालयहरूकाे संगठनले नगरप्रमुख अर्याललाई बुझायाे ३९ बुदे ज्ञापनपत्र प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार २१:५४


कल्पना खरेल,नवलपरासी । सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ नेपाल सुनवल नगर समितिले आज बिहीबार  सुनवल नगरपालिकाकाे नगर प्रमुख बिमला अर्याललाई  ३९ बुदे ज्ञापनपत्र बुझाएकाे छ।
महासंघ  सुनवलका अध्यक्ष ज्ञानहरी अर्याल , प्रदेश उपाध्यक्ष सुर्य न्यौपाने , सचिव दिपक राना  लगाएत विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हाे ।
ज्ञापन पत्र बुझाउदै अध्यक्ष ज्ञानहरी अर्यालले सामुदायिक विद्याल सुधार गर्दै सुनवललाई संस्कार सहितकाे  गुणस्तरीय  शैक्षिक  हबको रुपमा विकास गर्न सामुदायिक विद्यालय, अभिभावक र स्थानीय सरकार एकजुट हुनुपर्ने भन्दै ३९ बुदे ज्ञापनपत्र पेश गरिएको  बताउनुभयो ।
जसमा सामुदायिक विद्यालयका शिक्षक सरूवा,पदस्थापन चैत २५ गतेभित्र गरिनुपर्ने, राज्यश्राेतबाट पारिश्रमिक लिने र जनप्रतिनिधिका छाेराछाेरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने, विद्यार्थीकाे दिवा खाजा रकम बृद्धि गरिनुपर्ने,नगरले उपलब्ध गराउने शिक्षण अनुदान रकम तहगत रूपमा राज्यले ताेके अनुरूप पारिश्रमिक दिईनुपर्ने ,शिक्षक कर्मचारीहरूकाे पारिश्रमिक मासिक रूपमा उपलब्ध  हुनुपर्ने,  संभाव्य र आवश्यकताकाे अध्ययन गरेर मात्रै विषयगत अध्यापन अनुमति दिनुपर्ने लगाएत रहेका छन् ।
ज्ञापनपत्र बुझदै नगर प्रमुख बिमला अर्याले सुनवल नगरलाई शैक्षिक हब बनाउन सामुदयिक विद्यालयले गरेको योग्दान प्रति धन्यबाद दिदै आगामी दिनमा मिलेर शैक्षिक सुधारमा लाग्ने विश्वास दिलाउनभयाे । साथै नगरप्रमुख अर्यालले  ज्ञापनपत्रमा उल्लेख भएका सकारात्मक मागलाई अबकाे आर्थिक वर्षबाट स्थानीय सरकारले बजेटले भ्याएसम्म समावेश गर्दै लाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।