ताजा अपडेटः

प्याब्सन सुनवलद्वारा वाल्मीकि विद्यालयलाई स्टेशनरी सामाग्री हस्तान्तरण

कल्पना खरेल
प्याब्सन सुनवलद्वारा वाल्मीकि विद्यालयलाई स्टेशनरी सामाग्री हस्तान्तरण प्रकाशित मिति: २२ चैत्र २०८०, बिहीबार २०:१७


कल्पना खरेल,नवलपरासी ।  सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत प्याब्सन सुनवलले वाल्मीकि आधारभुत विद्यालय , सुनवल-६, तिलकानालाई करिब ५० हजार बराबरकाे स्टेशनरी सामाग्री हस्तान्तरण गरेकाे छ ।
प्याब्सन सुनवलका अध्यक्ष कृष्णप्रसाद शर्माकाे अध्यक्षता तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा आज बिहीबार उक्त स्टेशनरी सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले पहिलाे पटक निशुल्क शिक्षा घाेषणा गरे लगत्तै संस्थागत विद्यालयकाे संगठन प्याब्सन सुनवलले गरेकाे सामाजिक दायित्व अन्तर्गत विद्यार्थीलाई स्टेसनरी हस्तान्तरणलाई खुलेर प्रशंसा गर्नुभयाे ।


शिक्षालाई प्राथमिकतामा राख्न सके समुन्न समाजकाे निर्माण हुने भन्दै नगरप्रमुख अर्यालले संस्थागत विद्यालयकाे यस्ताे किसिमको सहयाेगले सकारात्मक परिवर्तनकाे विजाराेपण हुने बताउनुभयाे ।
नगर सरकारले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक सुधारलाई प्राथमिकतामा राखेकाे र संस्थागत विद्यालयसगँ समन्वय गर्दै अगाडि बढेकाेले प्याब्सन सुनवललाई यस्ताे किसिमको सहयाेग अन्य सामुदायिक विद्यालयमा पनि गर्न आग्रह गर्नुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले प्याब्सन सुनवलले बालबालिकालाई पढ्ने अबसर जुटाउन रचनात्मक भुमिका गरेकाेमा धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले  प्याब्सनकाे यस्ताे सामाजिक कामले पछिल्लो पटक संस्थागत विद्यालय र सामुदायिक विद्यालय विचकाे फरक धारला मेट्न काेशेढुङ्गा साबित हुने समेत जानकारी दिनुभयाे ।
साेहि क्रममा बाेल्दै वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंले संस्थागत विद्यालयले सामुदायिक विद्यालयलाई सहयाेग गर्नु सराहनीय कार्य भएकाे बताउदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयाे ।
यसैगरी कार्यक्रममा बाेल्दै सुनवल प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद शर्माले सुनवल नगरले जुन पनि सामुदायिक विद्यालयमा निशुल्क अध्ययन अध्यापनकाे व्यवस्था गराउन्छ त्यहाँ प्याब्सनले शैक्षिक सामाग्री वितरण गर्ने बताउनुभयाे । साथै अध्यक्ष शर्माले वाल्मीकि आधारभुत विद्यालयलाई वैशाख महिनाभित्र दुइथान कम्प्युटर हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे । सुनवल प्याब्सनको सचिव चाेलाकान्त रेग्मीकाे संचालनमा रहेकाे कार्यक्रमा नगर शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,प्याब्सनका प्रदेश सचिव धनराज चापागाईं ,विद्यालय व्यवस्थापन समितिकाे सदस्य विष्णु राेका , पत्रकार नारायण सुवेदी  लगायतले बाेल्नुभएकाे थियाे ।




Ads