ताजा अपडेटः

कृषक समूहद्वारा सुनवलमा अन्तरक्रिया कार्यक्रम

कृषक समूहद्वारा सुनवलमा अन्तरक्रिया कार्यक्रम प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार २२:०३

कल्पना खरेल, नवलपरासी । सुनवल नगर स्तरीय कृषक समूह एवम् राष्ट्रिय कृषक समूह महासंघ, नेपालकाे आयाेजनामा आज साेमबार अन्तर्क्रिया कार्यक्रम सम्पन भएकाे छ।
” भनिन्छ रक्तदान जीवनदान,रक्त बनाउने खाद्यवस्तु उत्पादन गरी जीवन बचाउने कृषक हुन महान ” भन्ने नारा सहित सुनवलमा नयाँ बर्ष २०८१ काे  शुभकामना आदान प्रदान एवम् कृषक उत्प्रेरणा तथा सरकार सचेतना विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन भएकाे हाे ।
राष्ट्रिय कृषक समूह महासंघ प्रदेश कमिटि सचिवालय सदस्य   तथा  नगरस्तरीय कृषक समुहकाे अध्यक्ष बद्रिमान श्रेष्ठकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगउती प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कृषकहरूले चैत १२ गते आएकाे असिना पानीले बिनाश बनाएकाे खेतीकाे क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।
उनीहरूले किसानहरू पटक-पटक मारमा पर्दै आएकाे बताउदै यस अघि धान खेतीलाई बाढिले बगाउदा क्षतिपूर्ति दिनेभनी फारम भरिएपनि किसानले कुनैपनि राहत नपाएकाे बताएका थिए । साथै नगरले मारमा परेका किसानका पक्षमा कुनैपनि राहत दिन नसक्नु पिडादाहि भएकाे भन्दै बाच्न पनि धाै धाै हुने अवस्था सृजना भएकाे भन्दै दुख व्यक्त गरेका छन् ।
यसैगरी कार्यक्रममा बाेल्दै समन्वय समितिका प्रमुख यादवले आगामी दिनमा सुनवल नगरपालिकाले किसानका पक्षमा ठाेस निति ल्याउदै कार्यविधि बनाएर नमुना पालिकाकाे रूपमा चिनाउनुपर्ने धारणा राख्नुभयाे । असल अभ्यास र असल कामका लागि कृषिलाई यहाँको भूगोल अनुसार वार्षिक कार्यक्रम बजेटमा   समावेश गर्न नगरप्रमुख विमला अर्याललाई आग्रह गर्नुभयाे । यादबले किसानमा पक्षमा रहेर सहकार्य र समन्वय गर्दै अगाडि बढ्न आफू तयार रहेकाे समेत प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उता नगरप्रमुख विमला अर्यालले समृद्धिकाे आधार भनेकै कृषि भएकाेले स्थानीय सरकाले आफ्नाे दक्षता अनुसार कृषिका क्षेत्रमा अनुदान र बीउ बिजन वितरण गर्दै आइरहेकाे जानकारी दिनुभयाे । किसानकाे पटक पटक भरिएका फारमबाट नगरले कुनैपनि दुरुपयोग नगरेकाे भन्दै नगरप्रमुख अर्यालले फारम भरि राज्यसगँ,मन्त्रालयसगँ, सदनसगँ क्षतिपूर्तिका लागि पहलकदमी भैरहेकाे समेत स्पष्ट पार्नुभएकाे थियाे ।
स्थानिय सरकार कृषिक्षेत्र  र पशुमा याेजना बनाएर अगाडि बढिरहेकाेले नगरभित्र कृषि पशुमा आवद्व स्थानीयकाे डाटा तथ्यांक संकलनमा कर्मचारी खटाइएकाे अर्यालकाे भनाइ थियाे ।
साेहि क्रममा बाेल्दै  राष्ट्रिय कृषक समूह महासंघ प्रदेश कमिटि सचिवालय सदस्य   तथा  नगरस्तरीय कृषक समुहकाे अध्यक्ष बद्रिमान श्रेष्ठले कृषककाे कुनैपनि पार्टि ,धर्म, जात नहुने हुदा एकजुट भएर आफ्ना आवाज बुलद्व गर्न किसानहरूलाई आग्रह गर्नुभयाे । अध्यक्ष श्रेष्ठले कृषकबिना मानव अस्तित्व संभव नभएपनि किसानलाई कुनै राहत दिन नसकेकाेमा दुख व्यक्त गर्नभयाे । उहाँले अब आफ्ना माग सम्बाेधन नभए किसान आन्दाेनमा उत्रनुकाे विकल्प नभएकाे समेत स्पष्ट पार्नुभयाे ।
सुनवल नगर स्तरीय कृषक समूहका सल्लाहकार द्वय  ऋषिराम भुषालकाे संचालन र  घनश्याम ज्ञवालिकाे स्वागत रहेकाे कार्यक्रममा नगरउपप्रमुख सुर्यप्रसाद दुवे, नेकपा माओवादीका नगर अध्यक्ष माेहन कार्कि, राप्रपा नेपालका नगर अध्यक्ष डिलकुमारी बुढा मगर, उद्योग वाणिज्य संघ सुनवलकाे उपाध्यक्ष  लेखनाथ खरेल, नेपाल किसान महासंघका  विश्वनाथ यादव, अग्रज कृषक भानुभक्त गाैतम लगाएतले बाेल्नुभएकाे थियाे ।



Ads