ताजा अपडेटः

बर्दघाट नगरपलिकामा २ जना वडा अध्यक्ष सहित ४ जनाले फिर्ता लिए उम्मेदवारी

बर्दघाट नगरपलिकामा २ जना वडा अध्यक्ष सहित ४ जनाले फिर्ता लिए उम्मेदवारी प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार ०६:२०

प्रकाश न्यौपाने,बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा २ जनाले वडा अध्यक्ष र २ जना वडा सदस्य गरि ४ जनाले दिएको उम्मेदवारी फिर्ता लिएका छन् । बर्दघाट नगरपालिका वडा नम्बर ८ बाट वडा अध्यक्षको रुपमा उम्मेदवारी दिएका सुर्य न्यौपाने र वडा नम्बर ११ बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान वडा अध्यक्ष तिर्थराज फौजदार दुवैजनाले वडा अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनीहरु संगै वडा नम्बर ३ बाट महिला खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी दिल माया चौधरी र वडा नम्बर १६ मा महिला खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएकी विमला अधिकारीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार बैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो।

वडा नम्बर ३ बाट वडा अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका प्रकाश अधिकारी, वडा नम्बर १० मा वडा अध्यक्षमा उम्मेदवारी दिएका कमल लामिछाने र वडा नम्बर १४ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शोभाखर भुसालले भने आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।

नगरपालिकामा नेकपा एमाले राष्टिय जनमुक्ति पार्टी संग गठबन्धन गरेर चुनावी मैदानमा रहेको छ भने नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्टिय जनमोर्चा सहितका दलको संयुक्त गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राप्रपा लगायतका कतिपय दलले भने एकल रुपमा नै उम्मेदवारी दर्ता गराएका छन् । केही स्वतन्त्र उम्मेदवारहरुले पनि नगर प्रमुख देखी वडा अध्यक्ष, वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धन अन्तरगतका दलबाट आफुखी उम्मेदवारी दर्ता गराएका र उम्मेदवारी फिर्ता लिने समय अवधी सम्म पनि फिर्ता नलिएका उम्मेदवारहरुलाई सम्बन्धीत दलले कारबाहीको तयारी गरेको श्रोतले जनाएको छ।



Ads