ताजा अपडेटः

चैत्र महिनाभित्र सबै आयाेगकाे गठन प्रकृया पूरा गरि  संचालनमा ल्याइने मन्त्री अधिकारीकाे टिप्पणी 

चैत्र महिनाभित्र सबै आयाेगकाे गठन प्रकृया पूरा गरि  संचालनमा ल्याइने मन्त्री अधिकारीकाे टिप्पणी  प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार १७:५३

कल्पना खरेल,नवलपरासी । चैत्र महिनाभित्र केन्द्र देखि जिल्ला सम्म सबै आयाेगकाे गठन प्रकृया पूरा गरि कार्य संचालनमा ल्याइने नवनियुक्त भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताउनुभएकाे छ । आज बुधबार सुनवल नगरपालिकामा आयाेजित स्वागत कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
मन्त्री अधिकारीले कानुन बनाउदा एक ठाउँको कानुनले अर्काे ठाउँकाे कानुनलाई प्रभावित बनाएकाेले त्यसलाई सच्चाउन केही समय लाग्ने हुदा नआत्तिन आग्रह गर्नुभयाे । उहाँले चैत्र २१ गते मन्त्री मण्डल गठन भए पश्चात् आफुले पाएकाे जिम्मेवारीलाई थालनी गरिएकाेले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासीलाई पुर्जा वितरणमा कटिबद्ध रहेकाे टिप्पणी गर्नुभयाे ।
मन्त्री अधिकारीले अहिलेकाे सरकार सहमतिकाे सरकार भएकाेले  सबै राजनीतिक दलकाे दायित्व समान रहेकाे भन्दै संविधानमा टेकेर समस्या हल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे । उहाँले नेकपा एमालेकाे सबैको समान अधिकार र समान पउच हुनुपर्ने सिद्धान्तले यतिबेला धेरैकाे आशा जागेकाे धारणा राख्नुभयाे ।
नवनियुक्त भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कतिपय निति,विधि र नियमले काममा अवराेध सृजना गरेकाे हुदा नयाँ कानुन ल्याउने र सदनबाट पास गर्न केही समय लाग्ने हुदा धैर्य गर्न आग्रह समेत गर्नुभयाे ।
नगरप्रमुख विमला अर्यालकाे अध्यक्षता र उपप्रमुख सुर्यप्रसाद दुवेकाे स्वागत रहेकाे कार्यक्रममा विभिन्न राजनैतिक दल, संघसंस्थाका प्रतिनिधि लगाएकाे उपस्थिति रहेकाे थियाे ।



Ads