ताजा अपडेटः

मुलपानी सामुदायिक वनमा वन डढेलो पुर्वानुमान र प्रक्षेपण विषयक कार्यशाला गोष्ठी

मुलपानी सामुदायिक वनमा वन डढेलो पुर्वानुमान र प्रक्षेपण विषयक कार्यशाला गोष्ठी प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार ०७:३५


कल्पना खरेल,नवलपरासी । सुनवल ४,दामोदरकुण्ड स्थित मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे भवनका  वन डढेलो पुर्वानुमान र प्रक्षेपण विषयक कार्यशाला गोष्ठी सनिवार सम्पन्न भएकाे छ ।
डिभिजन वन कार्यलय नवलपरासीको प्रयोजन,जल तथा मौसम विज्ञान केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालय तथा विकाश चौतारीको सहकार्य र मुलपानी सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा एक दिने पुर्वानुमान र प्रक्षेपण विषयक कार्यशाला गोष्ठी सम्पन्न भएकाे हाे ।
गाेष्ठिमा मुख्यतया डढेलाेकाे पूर्वानुमान कसरी गर्ने , कति छिटाेसम्म पुर्वानुमान गर्न सकिन्छ जसले गर्दा सजकता अपनाउन सके  डढेलाेलाई नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला गाेष्ठि भएकाे प्रशिक्षक डा. विनाेद पाेख्रेलले बताउनुभयाे ।


सुनवल नगरपालिका भित्रका १४ वटा सामुदायिक बनकाे सहभागीता रहेकाे गाेष्ठिकाे मुख्य प्रशिक्षकमा त्रिभुवन विश्व विद्यालय जल तथा माैसम विज्ञान केन्द्रीय विभाग किर्तिपुरका विभागिय प्रमुख डा. प्राध्यापक  दिपक अर्याल,प्राध्यापक  टेक बहादुर क्षेत्री,डा. विनाेद पाेख्रेल,डा. सुरेस मरठ्ठा र डा. सुस्मा गिरी  रहनुभएकाे थियाे ।
गाेष्ठि मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद खड्क बस्नेतकाे प्रमुख आतित्थतामा सम्पन्न भएकाे हाे ।



Ads