ताजा अपडेटः

विद्ममान बेथिती र बिसंगतीका विरूद्व राप्रपा द्वारा जनप्रदर्शन

विद्ममान बेथिती र बिसंगतीका विरूद्व राप्रपा द्वारा जनप्रदर्शन प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार ०६:५७

कल्पना खरेल,नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपरासीले   देशका विद्ममान बेथिती र बिसंगतीका विरूद्व जनप्रदर्शन तथा विराेध कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यबाहक अध्यक्ष रामजी बाबू पराजुलीको अध्यक्षता तथा पुर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवम् माननीय ध्रुव बहादुर प्रधानकाे प्रमुख आतिथ्यतामा उक्त जनप्रदर्शन तथा विराेध कार्यक्रम गरिएकाे हाे ।


विराेध र्याली जिल्ला पार्टी कार्यालयबाट सुरू भई मालपोत कार्यालय हुँदै बुध्दचोकबाट घण्टाघरमा पुगेर कोणसभा परिणात  भएकाे थियाे ।   ।
राप्रपा जिल्ला प्रवक्ता सन्तोष पाण्डेले संचालन रहेकाे कार्यक्रममा माननीय धुर्व ब. प्रधान,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदय, जिल्ला अध्यक्ष रामजी बाबु,रामग्राम उपप्रमुख सम्झना चोैधरी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य देवी घिमिरे, लुम्बिनी प्रदेश उपाध्यक्ष मनोहर रायमाझी लगायत  ७ ओटै पालिकाका कार्यसमिती तथा  भातृसंगठन गरि करिब  २ हजार कार्यकर्ताहरूको उपस्थिती रहेको थियो।



Ads