ताजा अपडेटः

३२ ओै विश्व पानी दिवसर सुनवलमा वृहत अन्तरक्रिया गरि मनाइयाे

३२ ओै विश्व पानी दिवसर सुनवलमा वृहत अन्तरक्रिया गरि मनाइयाे प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार २३:४६

कल्पना खरेल, नवलपरासी । ” शान्ति र समृद्धिका लागि पानी ” भन्ने नारा सहित खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल पश्चिम नवलपरासीको आयाेजनामा ३२ ओै विश्व पानी दिवसर  शुक्रबार  वृहत अन्तरक्रिया गरि मनाइएको छ  ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष देविदत्त सापकाेटाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख  भगउती यादव रूदलकाे प्रमुख आतिथ्यतामा  सराेकारवालाहरू सगँ  बृहत् अन्तरक्रिया गरि मनाइएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले मानव जिवनमा शुद्व खानेपानीकाे महत्त्व  गास,बास र कपास जस्तै रहेकाेले सम्पूर्ण सराेकारवाला उत्तिकै जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयाे ।
उहाँले खानेपानी दिवस मनाउँदै गर्दा ७ वटा पालिकामा २ वटा पालिका मात्र उपस्थितले शुद्व खानेपानी प्रति स्थानीय सरकारले चासाे नदेखाएकाे भन्दै दुख व्यक्त गर्नुभयाे ।
प्रमुख अतिथि भगउती यादवले यस विषयमा स्थानीय सरकारकाे सहभागीतामा बृहत् अन्तर्क्रिया गरिने भन्दै पानीकाे स्राेतलाई जाेगाउन सबै पक्षलाई लाग्न आग्रह गर्नुभयाे ।
यसैगरी कार्यक्रममा बाेल्दै सुनवल नगरप्रमुख विमला अर्यालले स्थानीय सरकार जनताको नजिककाे सरकार भएकाेले,शुद्व खानेपानीलाई पहिलाे प्राथमिकतामा राखिएकाे धारणा राख्नुभयाे ।
त्यसैले सुनवल नगरपालिकाकाे जतिपनि खानेपानी छ , सम्पूर्ण उपभोक्तालाई ५ सय लिटर सम्मकाे पानी निशुल्क वितरण गरिएकाे उहाँले जानकारी दिनुभयाे । नगरप्रमुख अर्यालले विभिन्न वडामा सिंचाइकाे याेजना,खानेपानी संस्थालाई वाेरिङका लागि  बजेट विनियोजन , पाएप लाइन विस्तारमा सहयाेग जस्ता कामहरू गर्दै आएकाे पनि जानकारी गराउनुभयाे ।
त्यसैगरी पाल्हिनन्दन गाउँपालिकाका प्रमुख वैजुप्रसाद गुप्ता दिपकले पालिका भित्र साना र सागुरा बाटाका कारण खानेपानीका लागि पाएप विछ्याउन समस्या रहेकाे बताउनुभयाे । विभिन्न चुनाैतीका बाबजुद तत्काल सडक विस्तारलाई अगाडि बढाइएकाेले खानेपानी शुद्वताका लागि नैतिक भाेेैतिक रूपले सहयाेग गर्न तयार रहेकाे प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
त्यसैगरी बाेल्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले शुद्व खानेपानीका लागि बन संरक्षण आवश्यक रहेकाे धारणा राख्नुभयाे । बन र खानेपानी एक अर्काकाे परिपुरक रहेकाेले सहकार्य आवश्यक रहेकाे उहाँको  भनाइ थियाे ।
उता सहभागी उपभोक्ताले सराेकारवाला सगँस्थानीय सरकारकाे यस्ताे न्यून उपस्थितिले शुद्व खानेपानीकाे क्षेत्रमा स्थानीय सरकार गम्भीर नरहेकाे आराेप लगाएका थिए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीका सचिव मुक्ति बहादु भण्डारीकाे संचालन र  खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे जिल्ला उपाध्यक्ष जुना कण्डेल काे संचालन रहेकाे कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बर्दघाटका अध्यक्ष  दिपक लम्साल,खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीका सल्लाहकार बृहस्पति अधिकारी,विष्णुप्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य सगै सुझाब दिएका थिए ।



Ads