ताजा अपडेटः

४५ बर्षपछि लालपुर्जा पाउँदा सुनवल गैडाखालका स्थानीयबासी हर्षित

कल्पना खरेल
४५ बर्षपछि लालपुर्जा पाउँदा सुनवल गैडाखालका स्थानीयबासी हर्षित प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार २२:४०

कल्पना खरेल,नवलपरासी । राष्ट्रिय भूमि आयाेग पश्चिम नवलपरासीले  आज बिहीबार सुनवल नगरपालिका वडा नम्बर १० का  अव्यवस्थित बसाेबासीलाई लालपुर्जा वितरण गरेकाे छ ।
राष्ट्रिय भुमि आयाेग नवलपरासीका अध्यक्ष देवराज भण्डारीकाे अध्यक्षता तथा राष्ट्रिय भुमि आयाेगका केन्द्रीय अध्यक्ष केशव निराैलाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा १५३ जना अव्यवस्थित बसाेबासीलाई लालपुर्जा वितरण गरिएकाे हाे ।
साेहि क्रममा बाेल्दै प्रमुख अतिथि केशव निराैलाले वि.स.२०३५/०३६ सालदेखि बसाेबास गर्दै भाेगचलन गर्दै आएकाे जग्गा विविध कारणले अहिलेसम्म पुर्जा पाउन नसक्नु दुखद रहेकाे बताउनुभयाे । उहाँले  देवराज भण्डारी नेतृत्वको भुमि आयाेगले पुर्जा वितरण गर्न सफल भएकाेमा खुसी व्यक्त गर्दै  असली हकदार हुन सफल सम्पूर्णलाई बधाई समेत दिनुभयाे ।
कार्यक्रममा पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कण्डेल, लुम्विनी प्रदेश सभा सदस्य खड्ग वस्नेत , भुमि अयोग जिल्ला सदस्य भविश्वर तिवारी, सुनवल नगरपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण आचार्य, लगाएतले भुमि अयोगकाे कार्यप्रति प्रशंसा व्यक्त गर्नुभएकाे थियाे ।
करिब ४५ बर्ष पछि आफुले जाेतभाेग गरी बसाेबास गर्दै आएकाे जग्गाकाे   पुर्जा प्राप्त गरेपछि स्थानियहरुले खुसी व्यक्त गरेको थिए ।




Ads