ताजा अपडेटः

जनता सम्झाैता सहकारीद्वारा ७० जना महिला उद्यमीलाई सम्मान

जनता सम्झाैता सहकारीद्वारा ७० जना महिला उद्यमीलाई सम्मान प्रकाशित मिति: २४ फाल्गुन २०८०, बिहीबार २२:०४

कल्पना खरेल,नवलपरासी । जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लि. सुनवल-१२, भुमही, पश्चिम नवलपरासीले   महिला उद्यमीलाई सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेकाे छ ।  आज बिहिवार “महिलामा लगानी : सभ्य र समुन्नत समाजकाे थालनी” भन्ने नारा सहित ११४ ओै अन्तराष्ट्रिय  महिला दिवसकाे अवसर पारी  सहकारीकाे महिला शाखाले  महिला उद्यमीलाई सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेकाे हाे ।
भुमही शाखाकाे संयाेजक देवकला खनालकाे अध्यक्षता तथा  संस्थाका अध्यक्ष डाेलराज भन्डारीकाे प्रमुख अतिथ्यतामा आयाेजित कार्यक्रममा ७० जना महिला उद्यमीलाई सम्मान गरिएकाे थियाे ।
साथै कार्यक्रममा अन्य अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता ,चिठ्ठा कार्यक्रम र बेलुन जाेगाउने कार्यक्रम समेत आयाेजना गरिएकाे संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयाे ।
महिला शाखा सदस्य जानकी अर्यालकाे संचालन र पुष्पा डुम्रेकाे स्वागत रहेकाे कार्यक्रममा  जनता सम्झाैता साकाेसका उपाध्यक्ष  भाेला पराजुली , सल्लाहकार सुमित्रा खड्का , रामनगर महिला सहकारी संस्थाकाे अध्यक्ष लक्ष्मी ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा संस्थाका ३ सय महिला शेयर सदस्यकाे उपस्थिति रहेकाे थियाे ।



Ads