ताजा अपडेटः

गुरुङले बिहादीको विकास र समृद्धिको लागि ११ प्रतिबद्धता अघि सारेपछि स्थानीय निकै उत्साहित

गुरुङले बिहादीको विकास र समृद्धिको लागि ११ प्रतिबद्धता अघि सारेपछि स्थानीय निकै उत्साहित प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार १४:०९

पर्वत ।
बैशाख ३० गते हुन गहिरहेको स्थानीय तह निर्वाचनमा पर्वतको बिहादी गाउँपालिकाबाट नेपाली काँग्रेस पर्वतका युवा नेता तथा बिहादी बासीको मनमनमा बस्न सफल सबैका लोकप्रिय नेता परविन गुरुङ गठबन्धनका साझा उमेदवार हुन्। उनले बिहादीको विकास र समृद्धिको लागि ११ प्रतिबद्धता अघि सारेका छन् ।

१)सामाजिक सुरक्षा भत्ता पार्दशिकताका साथ ‘होम डेलिभरी’ गर्नेछु ।

२)गाउँपालिका भित्रका नागरिकको ‘सीधा संपर्क र गुनासो गाउँपालिका अध्यक्षसंग’ कार्यक्रमको अवधारणा अगाडि सार्नेछु।

३)निष्ठा इमान्दारीता र जनभावनाको सम्मान र कदर गर्दै सम्मानित विहादीबासी र समृद्ध विहादीकाे निर्माणको लागि प्रतिबद्ध रहनेछु।

४)”जनप्रतिनिधि सेवक हुन् शासक होइनन्” भन्ने दृढ संकल्प गर्दै सुशासन प्रत्याभूतिको लागि निरन्तर लागि पर्नेछु।

५)कार्यभार समालेको पहिलो दिन र कार्यभार छाड्ने अन्तिम दिन जनप्रतिनिधिकाे नाममा भएको चल अचल सम्पती प्रमाण सहित सार्वजनिक गर्ने र गर्न लगाउने छु।

६) सार्वजनिक खर्चहरु पारदर्शी रुपमा वेवसाईटमा सार्वजनिक गराउने छु ।

७) पालिकाभित्र पावर, पहुच र प्रलोभनका आधारमा नभएर नियम कानुन र विधिका आधारमा काम गर्ने पद्द्तीको बिकास गर्नेछु।

८)पालिकाबाट हुने कामकाजहरु डिजिट्ल माध्यमबाट सम्पन्न गर्ने प्रयास गर्नेछु।

९) प्रत्येक ६/६ महिनामा प्रत्येक वडाहरूकाे टोलहरुमा पुगी गुनासा सुन्ने र गुनासोको सम्बोधन गर्नेछु।

१०) शान्ति, सुशासन र सम्पूर्ण बिहादीको विकास प्रति प्रतिबद्ध रहनेछु।

११)सम्पूर्ण विहादीबासीकाे लागि स्वास्थ्य बीमाको अवधारणा अगाडि सार्ने छु।
यी लगाएत खेलकुद ,शिक्षा ,रोजगारीलाई पहिलो प्रथामिक दिएर विहादीको विकासमा दिनरात नभनी काम गर्ने उनले बताएका छन् । परविन गुरुङ गठबन्धनको तर्फबाट अध्यक्ष पदको साझा उम्मेदवार हुन् उनी गएको २०७४ सालको स्थानीय तहको निर्वाचन करिब २०० मतले पराजित भएका थिए । गएको चुनावमा पराजित भएपछि उनी बिहादीमा नै रहेछ दुखि ,गरीब ,पिछडिएका ,अनाथको सहारा बन्दै काम गरेर बिहादी बासीको मनमा बस्न सफल बनेका छन् उनी यो निर्वाचनमा बहुमतले बिजय हुने सम्भावना रहेको बिहादीका एक स्थानीय समाजसेवीले जानकारी गराए नाम नखुलाउने भन्दै भने पछिल्लो समय परविनको को पहलमा बिहादीमा धेरै योजना आएको र ती काम पुरा भए बिहादीको मुहारनै फेरिने समेत बताए ।



Ads