ताजा अपडेटः

सुनवल वडा नम्बर १ काे आजबाट निस्सा वितरण

सुनवल वडा नम्बर १ काे आजबाट निस्सा वितरण प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार २१:१५


कल्पना खरेल, नवलपरासी । सुनवल नगरपालिका वडा नम्वर १ पश्चिम नवलपरासीले  आज सनिवारदेखि भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेवासीलाई निस्सा वितरणको कार्यक्रम सुरु गरिएको छ । वडा अध्यक्ष मन बहादुर थापाकाे अध्यक्षता, सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता तथा भुमि आयाेग नवलपरासीका अध्यक्ष देवराज भण्डारीकाे विशिष्ट आतिथ्यतामा उक्त निस्सा वितरण कार्यक्रम सुरु भएकाे हाे ।
वि. स. २०७५ सालमा सुकुम्वासी समस्या समाधान अयोगमा भरिएका १ सय ९० वटा फर्महरूकाे निस्सा वितरण गरिने भुमि आयाेग अध्यक्ष देवराज भण्डारीले बताउनुभयाे ।  साेहि कार्यक्रम  अन्तर्गत आज २० जनालाई  निस्मा वितरण गरिएको  र बाकी निस्सा वडा कार्यालयबाट वितरण गरिने वडा अध्यक्ष मन बहादुर थापाले बताउनुभयाे ।


कार्यक्रममा बाेल्दै भुमि आयाेगका अध्यक्ष भण्डारीले वडा नम्बर १ मा भूमि समस्या कम देखिएकाेले वडा र नगरपालिकाले सहयाेग गरे नापिका काम तुरून्त सुरू गर्न सकिने जानकारी दिनुभयाे ।
उहाँले डेढ बर्षकाे समयमा मनसोभा र सत्यनारायण अयोगले गरेका अधुरा काम सम्पन्न गरिएकाे भन्दै यस वर्षकाे अन्तिमसम्म बाढिएका सम्पूर्ण निस्साकाे राताे पुर्जा दिने लक्ष्य रहेकाे बताउनुभयाे । अध्यक्ष भण्डारीले  फारम भर्न छुटेकाकाे लागि फारम खुलेकाे बताउदै यहि चैत्र ५ गते भित्र वडाबाट आ  फारम भर्न सकिने समेत जानकारी गराउनुभयाे ।
उता नगरप्रमुख विमला अर्यालले भुमि आयाेग कतिखेर विघटन हुन्छ थाहै नहुने हुदा नगरभित्रका नापजाचँ भइसकेका जग्गाकाे जतिसक्दो छिटाे राताे पुर्जा वितरण गर्न भुमि आयाेगलाई आग्रह गर्नुभयाे ।


साथै नगरप्रमुख अर्यालले यसका लागि भुमि आयाेगलाई आवश्यक  स्राेत र साधन प्रदान गर्न  सुनवल नगरपालिका कटिबद्ध रहेकाे समेत  उल्लेख गर्नुभयाे ।
निस्सा वितरण कार्यक्रममा  राष्ट्रिय भुमि अयोग नवलपरासीका सदस्य भविश्वर तिवारी , नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मोहन कार्कि, नेपाली कांग्रेस क्षेत्रीय सचिव भरत पौडेल,समाजसेवी थानप्रसाद गैरे, निर्वतमान वडा अध्यक्ष , कार्यपालिका सदस्य लागएतको उपस्थीति रहेको थियाे ।
कार्यपालिका सदस्य सिता भण्डारीको स्वागत रहेकाे कार्यक्रमकाे संचालन वडा सस्दय परसुराम कवरले गर्नुभएको थियो ।



Ads