ताजा अपडेटः

सुनवल वडा नम्बर ६ द्वारा ३ सय १७ जना अव्यवस्थितलाई निस्सा वितरण सुरू

सुनवल वडा नम्बर ६ द्वारा ३ सय १७ जना अव्यवस्थितलाई निस्सा वितरण सुरू प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार २१:३४

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ६ ले आजबाट ३ सय १७ जना अव्यवस्थित बसाेबासीलाई निस्सा वितरण कार्यक्रम सुरू गरेकाे छ । वडा अध्यक्ष हिमलाल शर्माकाे अध्यक्षता , नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यता तथा भुमि आयाेगका अध्यक्ष देवराज भण्डारीकाे विशिष्ट आतिथ्यतामा  अव्यवस्थित बसाेबासीलाई आज साेमबारबाट निस्सा वितरण कार्यक्रम सुरू गरिएकाे हाे ।


साेहि कार्यक्रममा बाेल्दै नगरप्रमुख विमला अर्यालले पूर्व आयाेगकाे अध्यक्ष आफू हुदैगर्दा भरिएका निस्सा फारम , निर्वाचन पश्चात तीन पुस्ते रेकर्ड गरी त्यसैकाे आधार  निस्सा वितरण भैरहेकाे बताउनुभएकाे थियाे ।
त्यसका लागि सुनवल नगरपालिकाले तत्काललाई २ जना कर्मचारी  लागि सुनवल नगरपालिकाले तत्काललाई २ जना कर्मचारी खटाएकाेले नापी सकेका ११, १२ ,१३ र ५ वडामा तत्काल राताे पुर्जा वितरण गर्न भूमि आयाेगलाई आग्रह गर्नुभयाे ।


त्यसैगरी साेहि क्रममा बाेल्दै भूमि आयाेगका अध्यक्ष देवराज भण्डारीले भूमि आयाेगकाे  ७ जना प्राबिधिक सहितकाे सिमित स्राेत र साधनलेनले जिल्ला भित्रका सबै पालिका हेर्नुपर्ने दायित्व रहेकाे बताउनुभयाे । उहाँले नगरपालिकाले राखेका २ जना प्राविधिकले मात्र सुनवल नगरपालिकामा काम गर्न ढिलाइ भईरहेकाे भन्दै नगरले अझै केही प्राविधिक उपलब्ध गराए काम छिटाे हुने तर्क राख्नुभयाे ।
उता वडा अध्यक्ष हिमलाल शर्मा चापागाईंले विगत लामाे समयदेखि बल्झेर रहेका समस्याहरू क्रमश समाधान गर्दै लानुपर्छ भन्ने उदेश्य सहित वडाले भूमि समस्यालाई पहिलाे प्राथमिकतामा राखेकाे टिप्पणी गर्नुभयाे ।


यता लामाे समयदेखि आफुले भाेगचलन गरेर आएकाे जमिन र बस्दै आएकाे घर आफ्नाे स्वामित्वमा आउने भयाे भनि स्थानीयबासी भने निस्सा पाउँदा दंग देखिन्थे । यहीँ फागुन १६ गते डाडाँटाेल र खर्यानटाेल, १७ गते तिलकाना ,१८ र  १९ गते भुपुटाेलदेखि छुटफुट अन्यमा निस्सा वितरण गरिने वडा अध्यक्ष चापागाईंले बताउनुभयाे । भुमि आयाेग सुनवल नगर शाखा प्रमुख गणेश न्याैपानेकाे संचालन रहेकाे कार्यक्रमकाे स्वागत कार्यपालिका सदस्य सीता तिमल्सिनाले गर्नुभएकाे थियाे ।



Ads