ताजा अपडेटः

छैठौं नवलपरासी ओैद्योगिक व्यापार मेला यहीँ फागुन १६ गतेदेखि परासीमा

छैठौं नवलपरासी ओैद्योगिक व्यापार मेला यहीँ फागुन १६ गतेदेखि परासीमा प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार १८:०८


कल्पना खरेल,नवलपरासी । नवलपरासी उद्योग वाणिज्य संघकाे छैठौं ओैद्योगिक व्यापार मेला २०८० यहीँ फागुन १६ गतेदेखि ३० गतेसम्म रामग्राम-५ परासीमा हुने भएकाे छ । ” शान्ति समृद्व उद्योग र व्यापार ” राष्ट्र निर्माणको बलियाे आधार ” भन्ने मुल नारा सहित नवलपरासी ओैद्योगिक व्यापार मेला सुरू हुने भएकाे हाे ।
आज बुधबार पत्रकार सम्मेलकाे आयाेजना गरी नवलपरासी उद्योग वाणिज्य संघले साे विषयमा जानकारी दिएकाे थियाे ।
मेलाकाे मुख्य उदेश्य जिल्लामा अवस्थित ठूला, मझौला, साना तथा राष्ट्रिय स्तरका उत्पादनहरूकाे निर्यात प्रबर्द्धनमा जाेड दिदै बजार प्रवर्द्धन गर्ने, कृषि ,उद्योग , व्यापार ,घरेलु तथा लघु उद्यमहरूकाे बजार प्रवर्द्धन ,निर्यातमूखी बनाउन जाेड दिने,सूचना तथा विज्ञान प्रविधि,ग्रामीण प्रविधिको बृहत् प्रदर्शनी , धार्मिक तथा पर्यटकीय स्थलहरूकाे व्यापक प्रचार-प्रसार ,विभिन्न जातजाति ,भाषाभाषीहरू बीच सांस्कृतिक तथा धार्मिक सद्भाव अभिबृद्वि गरी सामुहिक प्रतिबद्धता र सहकार्यकाे थालनी,उद्योगी र व्यवसायी सगँ उपभोक्ताहरूकाे साेझाे सम्पर्क स्थापना गर्ने लगायत रहेकाे उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेले बताउनुभयाे  ।


मेलाकाे मुख्य आकर्षकमा परम्परा तथा जिल्लाकाे संकृति झल्किने गरी जात जातीहरूकाे भेषभूषाकाे झाकी एवं कला प्रदर्शन, ख्याति प्राप्त राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक प्रदर्शन , घरेलु, लघु, स- साना उद्यमका उत्पादनमा प्रदर्शनी गर्ने,स्थानीय बुद्वचाेक परासीकाे पहिचान सहितकाे मुल गेट तथा यस क्षेत्रका पुरातात्त्विक , धार्मिक एवं पर्यटकीय स्थलहरूकाे पहिचान सहितकाे संरचना निर्माण गर्ने, आधुनिक सुचना तथा संचार प्रविधिहरूकाे प्रदर्शन एवं विक्रि, विभिन्न आकर्षक खेल सहित बाल उद्यान लगाएत रहेका छन् ।


भने मेलामा तयारी पाेशाक तथा हस्तकलाका सामग्रीहरू,जुत्ता छाला तथा छालाजन्य उत्पादन, लघु, घरेलु  तथा साना उद्यमीद्वारा उत्पादित विविध वस्तुहरू,घरायसी उपभाेगका सामानहरू, फर्निचरहरू खाद्य पदार्थ तथा खानाका परिकार,अटाेमाेबाइल,आधुनिक कृषि उत्पादन र उपकरणहरूकाे प्रदर्शन लगायतका वस्तु तथा सेवाहरू उपलब्ध हुने नवलपरासी उद्योग वाणिज्य संघले जनाएकाे छ ।
मेलामा १ सय ५० वटा स्टलहरू रहने , २ लाख दर्शकले अवलोकन गर्ने र ५ कराेड १० लाख सम्मकाे काराेबार हुने अनुमान गरिएको छ ।
भने मेलाकामा विद्युत,खानेपानी तथा शाैचालयकाे व्यवस्था , टेलिफोन , ईन्टरनेट र सामाजिक संजालकाे व्यवस्था , प्राथमिक उपचार तथा एम्बुलेन्सकाे व्यवस्था  ,पार्किङकाे व्यवस्था  सगै सुरक्षाकाे व्यवस्था समेत रहने छ ।

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहीकाे अध्यक्षता तथा  उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीकाे प्रमुख आतिथ्यता रहेकाे पत्रकार सम्मेलनमा संघका संल्लाहाकार श्यामकुमार वश्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायतले बोल्नु भएको थियो ।



Ads