ताजा अपडेटः

सहिद क्या. लखन थापालाई राष्ट्रले प्रथम सहिद घाेषणा गर्याे तर सम्मान गर्न सकेन :- नेपाल मगर संघ सुनवल

सहिद क्या. लखन थापालाई राष्ट्रले प्रथम सहिद घाेषणा गर्याे तर सम्मान गर्न सकेन :- नेपाल मगर संघ सुनवल प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार ०६:५०

कल्पना खरेल,नवलपरासी । नेपाल मगर संघ नगर कार्य समिति सुनवलले प्रथम शहिद क्या. लखन थापा मगरकाे १४७ ओै स्मृति दिवस २०८० मनाएकाे छ ।
नेपाल मगर संघ नगर कार्य समिति सुनवलका अध्यक्ष मन बहादुर थापा मगर ( दिपक ) काे अध्यक्षता तथा नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा प्रथम  सहिद  क्या. लखन थापा मगर काे १४७ ओै स्मृति दिवस मनाएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख विमला अर्यालले सहिदकाे बलिदानले देशमा राणा शाससनकाे अन्त्य, प्रजातन्त्रकाे उदय हुदै लाेकतान्त्रिक गणतन्त्र सम्भव रहेकाे भन्दै वीर सहिद प्रति सदैब सम्मान रहेकाे धारणा राख्नुभयाे  ।
उहाँले प्रथम सहिद क्या. लखन थापा मगर, मगरहरूकाे मात्र सहिद नभइ देशले प्रथम सहिद घाेषणा गरेकाेले साेहि अनुरूप सबैले श्रद्वा सम्मान पूर्वक सम्झनुपर्ने विचार व्यक्त गर्नुभयाे ।
नगरप्रमुख अर्यालले प्रथम सहिद लखन थापाकाे मुर्ति निर्माणका लागि तत्काल ५ लाख वजेट छुट्याइएको र आगामी दिनमा साैदर्यकरणका लागि बजेट छुट्याइने भन्दै स्थानीय सरकार हरेक जात,धर्म, वर्ण र सम्प्रदाय प्रति समान दृष्टिकोण राखेर अगाडि बढेकाे तर्क राख्नुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले प्रथम सहिद क्या. लखन थापा मगर, मगरकाे मात्र सहिद नभई समग्र देशकै सहिद भएकाेले हरेक नेपालीले सम्मान पूर्वक सम्झन आग्रह गर्नुभयाे । उहाँले राज्यले समेत प्रथम  सहिद लखन थापालाई सम्मान गर्न नसकेकाेमा दुख व्यक्त गर्दै जबसम्म प्रथम सहिद लखन थापाकाे अस्तित्व राज्यले स्वइकार्दैन तबसम्म मगरहरू याे अधिकारकाे लडाइँ लडिरहने धारणा राख्नुभयाे ।
साेहि क्रममा नगरप्रमुख अर्यालद्वारा प्रथम सहिद लखन थापाकाे मुर्ति शिलान्यास पनि गरिएकाे थियाे । कुल बहादुर राना मगरकाे स्वागत रहेकाे कार्यक्रममा नेपाल मगर संघ जिल्ला  काेषाध्यक्ष टेक बहादुर पुन मगर, वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङ, नेपाल मगर संघ यूवा संघका जिल्ला अध्यक्ष बिनाेद पुन मगर लगायतले शुभकामना मन्तब्य व्यक्त गर्दै प्रथम सहिद क्या. लखन थापालाई देशले प्रथम सहिद घाेषणा गरेकाेले राष्ट्रले ज प्रथम सहिद  मान्नुपर्ने धारणा राख्नुभएकाे थियाे ।



Ads