ताजा अपडेटः

भटाैलियाबाट अबैध हतियार सहित मानिस पक्राउ

भटाैलियाबाट अबैध हतियार सहित मानिस पक्राउ प्रकाशित मिति: २ फाल्गुन २०८०, बुधबार २०:०४

कल्पना खरेल,नवलपरासी ।  गएराति  भटौलिया मझौनी सडक खण्डबाट प्रहरीले अबैध हतियार सहित मानिस पक्राउ गरेकाे छ ।  गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलीले शंका लागि  पैदल गईरहेका दुईजना व्यक्तिहरुलाई रोकी सोधपुछ गर्दा अबैध हतियार सहित मानिस पक्राउ परेकाे हाे ।
चेकजाँच गर्ने क्रममा बर्दघाट नगरपालिका वडा न. १३ बस्ने अजय अहिर र साेहि ठाउँ बस्ने कमल चौधरीलाई प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ परेका अजय अहिरले लगाएको निलो जिन्स पाटईन्टको अगाडिको बायाँ गोजी (खल्ती) मा लुकाई छिपाई राखेको अवस्थामा कालो रङ्गको हतियार (पेस्तोल) फेला परेकाे थियाे ।
पक्राउ परेका अहिर र चौधरीलाई ईलाका प्रहरी कार्यालय बर्दघाटले आज अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।



Ads