ताजा अपडेटः

सुस्तामा हजुरबुबा र नाति मृत अवस्थामा फेला

सुस्तामा हजुरबुबा र नाति मृत अवस्थामा फेला प्रकाशित मिति: १ फाल्गुन २०८०, मंगलवार ०९:०८

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवामा आज  हजुरबुवा र नाति मृत अवस्थामा फेला परेकाे छ । बिहान अन्दाजी  ५:५५ बजे ६५ बर्षका यक्षलाल चमार र उनकाे नाती ११ वर्षका गौचरण चमारकाे मृत अवस्थामा फेला परेकाे हाे ।
उनीहरू बिगत ४-५ बर्षदेखि  घर देखि ५०० मिटर दक्षिण तर्फ  मर्चहवा ५ नं.ठोक्करमा सिमेन्टको कच्ची खपट्टोले छाएको छाप्रोमा बस्दै खेतिपाती गर्दै आईरहेका थिए ।
उनीहरूकाे १ मिटर दुरीको फरकमा छाप्रो बाहिर उत्तानो मृत अवस्थामा  लास फेला परेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
यतिबेला  जिल्ला प्रहरी कार्यालयबाट प्र उ काजीकुमार आचार्यको कमाण्डमा खटेकाे प्रहरी टाेलि सहित तालिमप्राप्त कुकुर झिकाइ थप अनुसन्धान भइरहेको समेत प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।
मृतकको घरमा १ छोरा ,२ नाती,१ नातिनी र १ बुहारी मात्रै बस्दै आएकोमा  एक डेढ महिना देखि छाेरा रोजगारको सिलसिलामा   भारत गए पश्चात बुहारीले १ नाती र १ नातिनी साथमा लिई     माईती घर भारत तर्फ गएकी थिइन् ।